तिनकुने घटनाबारे सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय | Khabarhub Khabarhub

तिनकुने घटनाबारे सरकारसँग जवाफ माग्ने राज्य व्यवस्था समितिको निर्णय


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिले चैत्र १५ गते भएको घटनाका विषयमा सरकारको जवाफ माग गर्ने निर्णय गरेको छ ।  

बुधबार सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरूले राजावादीको प्रदर्शनका भएको घटनाका विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरेपछि समितिले चैत २२ गते शुक्रबारको बैठकमा गृहमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।

बैठकमा सांसदहरूले चैत्र १५ गते शुक्रबार भएको घटनाका बारेमा सरकारले स्पष्ट पार्नुपर्ने बताएका थिए । साथै उनीहरूले उक्त घटनाको न्यायिक छानबिनको समेत माग गरेका छन् ।

कांग्रेस सांसद विश्वप्रकाश शर्माले तीनकुने घटनाको छानबिनका लागि सरकारले न्यायिक छानिबन समिति बनाउनुपर्ने बताए । उनले तीनकुने घटनामा सरकारको बुझाइ समिति समक्ष आउनुपर्ने बताए ।  

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घटनामा सरकारको कमजोरी देखिएको भन्दै गृहमन्त्रीले जवाफ दिनुपर्ने बताए । 

आफ्नै प्रहरीले घेरामा रहेका बेलामा दुर्गा प्रसाईँलाई समात्न नसक्ने र अहिले छिटो पक्राउ गर्छौँ भन्दा कसैले पत्याउन नसक्ने उनले बताए ।

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रूपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिन हुनुपर्ने बताए । 

राप्रपाका नेताहरू समेत उक्त प्रदर्शनमा जाने तयारी गरे पनि दुर्गा प्रसाईँको फोटो देखेपछि नगएको उनले बताए । उनले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्याँस प्रहार गरेको देखिएको धारणा राखे ।

सांसद तामाङले आफ्ना नेताहरूलाई समेत भएभरका कानुन लगाएर थुन्ने काम भएको जिकिर गरे । त्यस्तै अन्य सांसदहरूले राज्य व्यवस्था समितिको क्षेत्राधिकारभित्र पर्ने चैत्र १५ गतेको घटनालाई प्राथमिकतामा नराखेको भन्दै सभापतिको चर्को आलोचना गरेका थिए । 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ३ : ५३ बजे

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित

रास्वपा नेताको नेतृत्वमा जलाइएको थियो काभ्रेमा कांग्रेस-एमाले नेताहरूको घर

काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको

नाइजेरियामा सशस्त्र समूहद्वारा १८ महिला र बालबालिका अपहरण

नाइजेरिया– नाइजेरियाको उत्तरपश्चिमी जामफारा राज्यमा रहेको एक गाउँमा शुक्रबार बिहान

डीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी– जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना