पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट : गोली भेटिएन, जलेरै मृत्यु भएको पुष्टि  « Khabarhub

पत्रकार रजकको पोस्टमार्टम रिपोर्ट : गोली भेटिएन, जलेरै मृत्यु भएको पुष्टि 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत शुक्रबार राजावादी आन्दोलनका क्रममा जलेको अवस्थामा मृत भेटिएका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको पुष्टि भएको छ । 

त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा गोली उनलाई नलागेको खुलेको अस्पतालका फरेन्सिक मेडिसिन विभाग प्रमुख डा. गोपाल चौधरीले बताए । 

खबरहबसँग कुरा गर्दै डा. चौधरीले भने पहिले गाली हानेर मारेपछि आगोले जलाएको भन्ने आशङ्का धेरैको थियो । 

तर उहाँको शरीर जलेसँगै फोक्सोमा धुवाँको मुस्लो छिरेका कारण मृत्यु भएको पाइयो । पोस्टमार्टम रिपोर्ट आइसकेपछि परिवारले शव बुझ्छु भनेको र अब केही बेरमा शव बुझाइने उनले बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ४३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका