बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री  | Khabarhub Khabarhub

बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँ : परराष्ट्रमन्त्री 


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेक जनकेन्द्रित र विकासमुखी जीवन्त संस्थाका रूपमा अघि बढ्नुपर्ने बताएकी छन् ।  

थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा आज इन्डिया फाउन्डेसनद्वरा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै उनले बिमस्टेक जनताका आशा, अपेक्षा र समस्यामा काम गर्न सक्ने एक जीवन्त क्षेत्रीय संगठनका रूपमा रहनुपर्नेमा जोड दिएकी हुन् । 

मन्त्री डा राणाले भनिन्, ‘अहिलेका कुनै पनि क्षेत्रीय र विश्व संस्थाहरूले आफ्ना समस्याहरूको पहिचान गरी तिनको समाधानका लागि सामूहिक प्रयास गर्न सक्नुपर्छ । जनताका समस्या एकातिर अनि उद्देश्य र प्रयास अर्कातिर भयो भने त्यस्ता संगठनहरु जीवन्त र जनताको भरोसा बन्न सक्दैनन् ।’

विश्वभर खास गरी दोस्रो विश्वयुद्धपछि क्षेत्रीय कूटनीति र सहकार्यको लहर आएको र स्थानीय गतिशीलता, क्षेत्रीय पहिचान र अवसरका साथै विश्वव्यापीकरणमा अघि बढ्ने क्रममा क्षेत्रीय संगठनहरु जन्मिन पुगेका प्रसङ्ग उनले उल्लेख गरिन् ।  

मन्त्री डा राणाले आफूले बिमस्टेकलाई एक बलियो साझेदारी मञ्चका रूपमा रूपान्तरण गर्न सक्ने आधारहरु देखेको र यसका लागि सबैभन्दा पहिला क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावना हुनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, ‘जस्तो कि हामीले यस क्षेत्रमा सहकार्य गर्दै छौँ भने सबैभन्दा पहिला त हामीले यहाँका आमा तथा बालबालिकाको रुग्ण स्वास्थ्य अवस्था, आमा तथा शिशु मृत्युको अवस्था, शासनका हरेक मोडलमा महिलाको उपस्थिति र महिला नेतृत्वको अवस्था, सामाजिक पछ्यौटेपन, जलवायु परिवर्तनले हामीलाई दिनप्रतिदिन थपिरहेको चुनौती आदिजस्ता विषयमा पहिला हेरौँ र तिनको समाधानमा लागौँ ।’

मन्त्री डा राणाले बंगालको खाडी क्षेत्र र त्यसभन्दा बाहिर समेतको क्षेत्रीय शान्ति, एकता र वातावरणीय दिगोपना प्रवर्द्धनमा बिमस्टेकको भूमिका महत्त्वपूर्ण रहेकोमा पनि जोड दिइन् । 

उनले भनिन्, ‘क्षेत्रीय शान्ति र एकताका लागि बिमस्टेकको प्रमुख भूमिकालाई नेपालले सदा स्वीकार गरेको छ । यस क्षेत्रको सामूहिक समृद्धिका लागि बिमस्टेकको सिद्धान्त र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ ।’
 
उनले सदस्य राष्ट्रहरुबीचको सामूहिक सहकार्य र जनता–जनताबीचको सम्पर्कका माध्यमबाट संस्कृति र पर्यटनको प्रवर्द्धन, गरिबी निवारण, जलवायुजन्य जटिलताको समाधानका लागि बिमस्टेक राष्ट्रहरूबीच अर्थपूर्ण सहकार्य हुनुपर्ने पक्षमा नेपाल रहेको पनि स्पष्ट गरिन् ।

उनले भनिन्, ‘बिमस्टेकलाई जीवन्त तथा जनता–केन्द्रित संस्था बनाउनका लागि विकास साझेदारहरू र संयुक्त राष्ट्रसंघ लगायत अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँगको सहकार्यलाई बढावा दिनुपर्ने पनि बताउनुभयो ।’

बिमस्टेक भित्रको क्षेत्रीयताको प्रमुख उत्प्रेरक भनेको यस क्षेत्रको अर्थतन्त्र, स्रोतसाधन, संस्कृति, समाज र जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउनु रहेको बताउँदै उनले प्रशस्त प्राकृतिक स्रोतसाधन र युवा जनसंख्या भए पनि बिमस्टेक त्यस रूपमा अझै अघि बढ्न नसकेको बताइन् । 

बिमस्टेक फ्रेमवर्कभित्र स्वतन्त्र व्यापार क्षेत्र, कनेक्टिभिटी, बिमस्टेक गुरुयोजना, बौद्ध सर्किट, मन्दिर सर्किट, इको–टुरिजम सर्किट र अन्य पहलहरूलाई समेत समेटेर विकासका क्षेत्रमा अघि बढ्नुपर्ने पनि उनले सुझाइन् । 

त्यस्तै मन्त्री डा राणाले मानव संसाधन विकास, नवप्रवर्तन र प्रविधि हस्तान्तरणलाई प्राथमिकतामा राखेर ठूलो जनसंख्याको आवादीका रूपमा रहेको यस क्षेत्रले युवा र गतिशील जनसंख्याबाट लाभ लिनसक्नुपर्ने बताइन् ।

क्षेत्रीय चुनौतीको सामना गर्न हाल विकसित एआइले ल्याएको नवीन प्रविधिहरूको प्रयोग र आदानप्रदानमा सहकार्य गर्नुपर्नेमा पनि उनको जोड थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ५३ बजे

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका

प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण

काठमाडौं– प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सहकारी महासङ्घले सहकारी

‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको

इरानले इजरायलमाथि दिउँसै गर्‍यो अहिलेसम्मकै लामो आक्रमण, दक्षिणी क्षेत्रका सहरमा बिजुली बन्द

तेहरान- इजरायलसँगको लडाइँ तीव्र बन्दै गर्दा इरानले सोमबार दिउँसै ठूलो

बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना

चतरा– सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब