तीनकुने घटनामा मारिएका सुरेश र सविनका परिवारलाई जनही १० लाख « Khabarhub

तीनकुने घटनामा मारिएका सुरेश र सविनका परिवारलाई जनही १० लाख


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले गत शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा ज्यान गुमाएका दुईजनाको परिवारलाई जनही १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

गृहमन्त्री रमेश लेखकको मन्त्रिस्तरीय निर्णयअनुसार पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको परिवारलाई सरकारको तर्फबाट १०/१० दिइने भएको हो ।

‘गृहमन्त्रीस्तरीय निर्णयबाट दुवैजना मृतकका परिवारलाई जनही १०/१० लाख रुपैयाँ दिने निर्णय भएको छ’, गृहमन्त्री लेखकका प्रेस सल्लाहकार शेरबहादुर सिंंहले भने, ‘मृतकका परिवारलाई राहतस्वरुप सरकारकोतर्फबाट यो सहयोग दिन लागिएको हो ।’

दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको राजावादी समूहको उग्र प्रदर्शनका क्रममा रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार रजकको तीनकुनेस्थित मार्बल हाउसमा जलेर मृत्यु भएको थियो ।

उया कीर्तिपुर निवास यातायात मजदुर महर्जनको भने गोली लागेर ज्यान गएको थियो । उनीहरू दुवैको पोस्टमार्ट रिपोर्ट पनि आइसकेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ४ : ५८ बजे

पश्चिम एसिया द्वन्द्वका कारण छ लाखभन्दा बढी यात्रु भारत फर्किए

नयाँदिल्ली – अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व दोस्रो महिनामा प्रवेश गरिरहँदा

गृहमन्त्री नपाएका डिपीलाई रास्वपाले सभामुखमा अघि सार्ने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाकालदेखि नै उपसभापति बनेका डिपी

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि