सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : कार्यवाहक प्रधानमन्त्री सिंह


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वसाधारणको सबै बचत सहज रूपमा फिर्ता गराउन सहकारी अभियानले थप दायित्वबोध गर्नुपर्ने बताएका छन् । 

६८ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा बुधबार काठमाडौंका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकारीका सदस्यहरू पीडित बन्ने अवस्था आउनै नहुनेमा जोड दिए । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री रहेका सिंहले सहकारी मर्यादित हुनुपर्नेमा जोड दिए । 
 
‘नेपालमा रहेका ३१ हजार भन्दा बढी सहकारी संस्थाहरूमध्ये विगत केही समयदेखि केही सयको संख्यामा रहेका सहकारी संस्थाहरूमा सर्वसाधारण जनताको बचत रकम फिर्ताको समस्या देखिएको छ । सहकारीमा सदस्यहरू नै केन्द्रीय तत्त्व हुन्छन् उनीहरू पीडित बन्नुपर्ने अवस्था आउनै हुँदैन । तसर्थ केही सय सहकारीमा मात्र देखिएको समस्या हो भनेर हामी चुप बस्न सक्दैनौँ । हाम्रा प्रयासहरूलाई अझ धेरै प्रभावकारी बनाउन नेपाल सरकार प्रतिबद्ध छ ,’ उनले भने, हालसालै सहकारी ऐनमा समसामयिक संशोधन गरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थापनाका साथै अन्य व्यवस्थाहरू गरी सहकारी क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न र सहकारी क्षेत्रमा सुशासन कायम गर्न कटिबद्ध छ ।  सर्वसाधारणको सबै बचत सहज रूपमा फिर्ता गराउन सहकारी अभियानले पनि थप दायित्वबोध गरोस् ।’ 

सहकारी आफैमा आर्थिक, सामाजिक जागरणको अभियान पनि भएको भन्दै उनले संविधानले सहकारी क्षेत्रलाई गरिबी न्यूनीकरण, आत्मनिर्भर, दिगो एवं समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको एक महत्त्वपूर्ण आधार स्तम्भको रूपमा स्वीकार गरेको बताए ।

सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति संविधानमा नै आत्मसाथ गर्ने मुलुकको रूपमा नेपालको छुट्टै पहिचान स्थापित भएको पनि सिंहको भनाई थियो ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ०१ बजे

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

संयुक्त राष्ट्रसंघ – गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही अझ विस्तार

बागमतीका निलम्बित मेयर थापा भ्रष्टाचारी ठहर, साढे तीन करोड गैरकानुनी सम्पत्ति भेटियो

काठमाठौं- सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा भ्रष्टाचारी ठहर

आजका समाचार : सरकारलाई घेर्न प्रचण्डले जुटाए प्रतिपक्षी, संसद्मा पनि असन्तुष्टि र हिरोशिमामा बम खसालेको ८० वर्ष पुग्यो

भूपरिवेष्टित विकासशील राष्ट्रमा दिगो स्रोत परिचालनमा जोडप्रधानमन्त्री केपी शर्मा ओलीले

बीउ अपुगले धान रोपाइँ प्रभावित, महोत्तरीमा रोपाइँ ४९ प्रतिशत

महोत्तरी– लामो खडेरीले यसवर्ष महोत्तरीको धान रोपाइँ प्रभावित भएको छ

कर्णालीको समग्र गुरुयोजना आवश्यक : उपसभापति खड्का

सुर्खेत– नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको समग्र गुरुयोजना आवश्यक