उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्र : सात फर्म कारबाहीमा « Khabarhub

उपभोक्ता संरक्षण विभागको बजार अनुगमन तीव्र : सात फर्म कारबाहीमा


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा विभागले सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

विभागद्वारा गरिएको अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ को उल्लङ्घन गरेको पाइएपछि विभागले सम्बन्धित व्यवसायीलाई आवश्यक निर्देशन तथा कारबाही गर्नुका साथै एउटा फर्मको बिक्री रोक्कासहित सात वटा फर्मलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको हो ।

अनुगमनका क्रममा स्पार्क अटो केयर प्रालि (काठमाडौँ महानगरपालिका–८) को बिक्री वितरण रोक्का गर्दै सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । 

यसैगरी गौरङ्ग सारिज प्रालि (काठमाडौँ–३१), सिजी मोटर्स प्रालि (ललितपुर महानगरपालिका–२), एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्रालि (विराटनगर महानगरपालिका–९), सिजन आइटी (काठमाडौँ–२२), अर्बन गेअर्स (काठमाडौं–३१), गाभिनो फेशन वेयर (काठमाडौँ–३१) लाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ । 

विभागले उपभोक्ताको हक र हित संरक्षण गर्दै बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने उद्देश्यले निरन्तर अनुगमन तथा आवश्यक कारबाही गर्ने जनाएको छ । 

उपभोक्ता अधिकार सुनिश्चित गर्न व्यवसायले कानुनी प्रावधान पूर्ण रूपमा पालना गर्नुपर्ने तथा आजदेखि सबै सामग्रीमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गरिएको विभागका महानिर्देशक कुमार दाहालले बताए । 

उनले भने, ‘जोखेर वा नापेर बिक्री गर्नेबाहेकका सबै सामग्रीमा एमआरपी अनिवार्य गरेका छौँ, जसले गर्दा स्वच्छ तथा पारदर्शी बजार हुनेछ, सानो सामग्रीदेखि ठूला गाडी सबैमा एमआरपी उल्लेख हुनुपर्ने छ ।’

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : २८ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने