ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल, पक्राउ पुर्जी जारी « Khabarhub

ट्रकबाट बरामद २५ करोडका मालिक सिन्धुपाल्चोकका नारायण पौडेल, पक्राउ पुर्जी जारी


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत चैत ५ गते सबेरै बिहान बिहान काठमाडौंको झोरबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अमेरिकी डलर र युरो सिन्धुपाल्चोकका नारायण पौडेलको रहेको खुलेको छ ।

राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट उक्त परिमाणको रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने पौडेलको भएको खुलेको हो। त्यसबेला उक्त रकमसहित सिन्धुपाल्चोककै ट्रक चालक कुसाङ लामा समातिएका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २५ करोड नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ सिन्धुपाल्चोकका ४१ वर्षीय कुसाङ लामालाई पक्राउ गरेको थियो ।

‘उक्त रकम सिन्धुपाल्चोकका नारायण पौडेलको भएको अनुसन्धानबाट पुष्टि भइसकेको छ’, विभागका एकजना अनुसन्धान अधिकारीले खबरहबलाई भने,‘उनीविरुद्ध ४ दिनअघि नै पक्राउ पुर्जी जारी भइसकेको छ ।’

विभागका ती अधिकारीका अनुसार उक्त रकम उनी एक्लैको भएको खुलेको छ । ‘अनुसन्धानबाट ट्रक चालक कुसाङ भरिया र उक्त रकमका मालिक पौडेल भएको खुलेको छ’, ती अधिकारीले खबरहबलाई भने, ‘उक्त रकम उनी एक्लैको भएको पाइएको छ । त्यहीकारण उनलाई मात्रै पक्राउ पुर्जी जारी भइसकेको छ।

त्यसबेला प्रारम्भिक बयानका क्रममा उनले आफूलाई दुईजना अपरिचित व्यक्तिहरूले अमेरिकी डलर र युरोपियन मुद्रासहितको रकम रसुवागढी हुँदै केरुङसम्म लगिदिन भनेका बयान दिएका थिए ।

‘दुईजना अमुक व्यक्तिले रकम दिएको कुरा उनले हामीलाई खुलाएका छन्’, उनले भनेका थिए, ‘अहिलेसम्मको अनुसन्धानमा कुन्साङभरिया मात्रै रहेको खुलेको छ । रकम दिने दुई व्यक्तिबारे अहिले अनुसन्धान भइरहेकाले केही खुलिसकेको छैन ।’

कुसाङ यसअघि कलंकीबाट ७ केजी सुनसहित पक्राउ परेर ५ वर्ष जेल बसेपछि २०७८ सालमा रिहा भएको पनि खुलेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ५ : ३८ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर