ट्रम्पले आयात शुल्क ह्वात्तै बढाउने, व्यापारिक साझेदार के गर्लान् ? « Khabarhub

ट्रम्पले आयात शुल्क ह्वात्तै बढाउने, व्यापारिक साझेदार के गर्लान् ?


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज व्यापक आयात शुल्क वृद्धिको घोषणा गर्दैछन् । राष्ट्रपति ट्रम्पले अमेरिकाका विभिन्न व्यापारिक साझेदारलाई लक्षित गरी ‘पारस्परिक’ आयात शुल्क वृद्धि गर्न लागेका हुन् ।

ट्रम्पले आजको दिनलाई ‘मुक्ति दिवस’ को संज्ञा पनि दिएका छन् । उनले आज स्थानीय समयअनुसार बेलुकी ४ बजे ह्वाइट हाउसको रोज गार्डेनबाट आयात शुल्क वृद्धि घोषणा गर्ने कार्यक्रम रहेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

ट्रम्पले घोषणा गरेलगत्तै ती शुल्क कार्यान्वयनमा आउने जनाइएको छ । यसअघि ट्रम्पले अटो आयातमा २५ प्रतिशत शुल्क वृद्धि गर्ने घोषणा गरिसकेका छन् । यसअघि घोषित अटो आयातको शुल्क वृद्धि भने भोलि अर्थात् बिहीबारदेखि कार्यान्वयनमा आउने छ ।

यसअघि सार्वजनिक भएका समाचारमा सबै देशका सामानमा २० प्रतिशतसम्म आयात शुल्क वृद्धि हुने जनाइएको थियो । यद्यपि ट्रम्पले कुन मुलुकका सामानमा कति प्रतिशत शुल्क वृद्धि गर्छन् भन्ने अझै स्पष्ट छैन ।

आयात शुल्क बढाउने ट्रम्पको तयारीपछि अमेरिकाका व्यापारिक साझेदार मुलुकमा खैलाबैला मच्चिएको छ । अमेरिकाको नजिकको साझेदार बेलायतले खराब परिस्थितिका लागि तयार रहनुपर्ने प्रतिक्रिया दिएको छ । अमेरिकासँग वार्ता चलिरहेको भएपनि खराब परिस्थितिका लागि बेलायतले तयारी गर्नुपर्ने बेलायती विदेशमन्त्री डेभिड लामीले जनाएका छन् ।

युरोपेली संघ (ईयू) ले भने अमेरिकी आयात शुल्क वृद्धिविरुद्ध ‘मजबुत’ र ‘सटिक’ प्रतिक्रिया दिने चेतावनी दिएको छ । त्यसैगरी, पूर्वी एशियाका आर्थिक शक्तिहरु चीन, जापान र दक्षिण कोरियाले क्षेत्रीय खुला व्यापारलाई अभिवृद्धि गर्ने विषयमा सहमति जनाएका छन् । ५ वर्षपछि आयोजित संयुक्त आर्थिक वार्तामा गत आइतबार तीन मुलुकबीच यस्तो सहमति भएको बीबीसीले जनाएको छ ।

त्यसैगरी अमेरिकाको उत्तरी छिमेकी क्यानाडाले भने अमेरिकी आयात शुल्क वृद्धिविरुद्ध ‘बुद्धिमत्तापूर्ण’ प्रतिक्रिया दिने जनाएको छ । नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले ‘क्यानाडाका उत्पादकलाई मर्का नपर्नेगरी’ अमेरिकी शुल्क वृद्धिको प्रतिक्रिया दिइने जनाएका छन् । कार्नीले मेक्सिकोकी राष्ट्रपति क्लडिया शाइनबुमसँग टेलिफोन वार्ता पनि गरेका छन् ।

भारतले भने अमेरिकाबाट आयात हुने केही सामानमा आयात शुल्क घटाउँदै लगेको छ । व्यापारका विषयमा दुई मुलुकबीच छलफल पनि चलिरहेको छ । उता इजरायलले भने अमेरिकाबाट आयात हुने सामानमा लाग्दै आएको सबै शुल्क कटौती गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ०२ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७