गगन भन्छन्- पूर्वराजाले उत्पात मच्चाएर सत्ता कब्जा गर्न लागे | Khabarhub Khabarhub

गगन भन्छन्- पूर्वराजाले उत्पात मच्चाएर सत्ता कब्जा गर्न लागे


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहेको बताएका छन् । पार्टीको रुपन्देही–५ को क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पूर्वराजाले सत्ता कब्जा गरेर शासन सत्ता हातमा लिन चाहेको बताए ।  

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाउन चाहनुहुन्छ । भाँडभैलो गर्न चाहनुहुन्छ । भाँडभैलो गरेर, उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहनुहुन्छ,’ महामन्त्री थापाले भने, ‘त्यो सत्ता कब्जा गरेर आफ्नो हातमा शासन सत्ता लिएर चाहनुहुन्छ । यसमा लुकाउन पर्ने केही छैन ।’ 

पूर्वराजाले सोचिरहेको विषयका बारेमा कांग्रेस कार्यकर्ताले ठिक छ कि छैन भनेर सोच्नुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले कांग्रेससँग नेपालका राजालाई अरु जे बनाउन सकिए पनि संवैधानिक राजा बनाउन नसकिने अनुभव रहेको पनि सुनाए ।   

‘नेपालमा नेपाली कांग्रेस पार्टी स्थापना भएदेखि हजुरबा (त्रिभुवन)लाई, बा (महेन्द्र)लाई, दाइ (वीरेन्द्र)लाई, सबैलाई संवैधानिक राजा बनाउने अधिकतम प्रयास गरेको होइन ? हामीले दुःख, चोट सबै खाएर गरेको होइन ?,’ प्रश्न गर्दै थापाले भने, ‘नेपालको राजालाई अरु जे पनि बनाउन सकिएला । तर, संवैधानिक बनाउन सकिन्न ।’ महामन्त्री थापाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटना स्मरण गरे ।  

‘अहिले निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाउँछन् भने नारायणहिटीमा बसेको भए कति उत्पात मच्चाउँथे होला ? तपाईँ आफै कल्पना गर्नुस्,’ उनले भने, ‘नेपालको राजा, नेपालको राजसंस्था बेलायतको जस्तो होइन रहेछ । जापानको जस्तो पनि होइन रहेछ । युरोपको जस्तो पनि होइन रहेछ । तपाईँले जति टाउको ठोक्काउनुस्, मैले जति कुहिनो ठोक्काउनुस्, यहाँको राजसंस्था संवैधानिक बन्दो रहेन छ ।’ 

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस पार्टीको आजको प्रतिबद्धता भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ४९ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने