गगन भन्छन्- पूर्वराजाले उत्पात मच्चाएर सत्ता कब्जा गर्न लागे « Khabarhub

गगन भन्छन्- पूर्वराजाले उत्पात मच्चाएर सत्ता कब्जा गर्न लागे


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहले उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहेको बताएका छन् । पार्टीको रुपन्देही–५ को क्षेत्रीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पूर्वराजाले सत्ता कब्जा गरेर शासन सत्ता हातमा लिन चाहेको बताए ।  

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाउन चाहनुहुन्छ । भाँडभैलो गर्न चाहनुहुन्छ । भाँडभैलो गरेर, उत्पात मच्चाएर सत्ता कब्जा गर्न चाहनुहुन्छ,’ महामन्त्री थापाले भने, ‘त्यो सत्ता कब्जा गरेर आफ्नो हातमा शासन सत्ता लिएर चाहनुहुन्छ । यसमा लुकाउन पर्ने केही छैन ।’ 

पूर्वराजाले सोचिरहेको विषयका बारेमा कांग्रेस कार्यकर्ताले ठिक छ कि छैन भनेर सोच्नुपर्नेमा उनले जोड दिए । महामन्त्री थापाले कांग्रेससँग नेपालका राजालाई अरु जे बनाउन सकिए पनि संवैधानिक राजा बनाउन नसकिने अनुभव रहेको पनि सुनाए ।   

‘नेपालमा नेपाली कांग्रेस पार्टी स्थापना भएदेखि हजुरबा (त्रिभुवन)लाई, बा (महेन्द्र)लाई, दाइ (वीरेन्द्र)लाई, सबैलाई संवैधानिक राजा बनाउने अधिकतम प्रयास गरेको होइन ? हामीले दुःख, चोट सबै खाएर गरेको होइन ?,’ प्रश्न गर्दै थापाले भने, ‘नेपालको राजालाई अरु जे पनि बनाउन सकिएला । तर, संवैधानिक बनाउन सकिन्न ।’ महामन्त्री थापाले चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटना स्मरण गरे ।  

‘अहिले निर्मल निवासमा बस्दा त यत्रो उत्पात मच्चाउँछन् भने नारायणहिटीमा बसेको भए कति उत्पात मच्चाउँथे होला ? तपाईँ आफै कल्पना गर्नुस्,’ उनले भने, ‘नेपालको राजा, नेपालको राजसंस्था बेलायतको जस्तो होइन रहेछ । जापानको जस्तो पनि होइन रहेछ । युरोपको जस्तो पनि होइन रहेछ । तपाईँले जति टाउको ठोक्काउनुस्, मैले जति कुहिनो ठोक्काउनुस्, यहाँको राजसंस्था संवैधानिक बन्दो रहेन छ ।’ 

महामन्त्री थापाले संघीय लोकतान्त्रिक गणतन्त्र कांग्रेस पार्टीको आजको प्रतिबद्धता भएको स्पष्ट पारे ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ६ : ४९ बजे

रंगिन संसार छाडेर गायक–कलाकारहरूको पलायन यात्रा !

काठमाडौं – धेरै नायक नायिकाहरू विदेश पलायन भएर ठूलो पर्दामा

नेसेलुङमा राउटे समुदायको संस्कृति झल्काउने विशेष मेला

मोरङ – घुमन्ते जीवनशैली, आफ्नै भाषा र मौलिक संस्कृतिका कारण

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट दुई सय ४५ जना लाभान्वित

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आइतबार आयोजित निःशुल्क विशेषज्ञ

सुनकोशीको बेलिब्रिज झिकिएपछि स्थानीयलाई समस्या

खोटाङ– सुनकोशीस्थित फोक्सिङटार र बङ्शिलाघाटको अस्थायी बेलिब्रिज झिकिएसँगै खोटाङ पूर्वी

एमाले सचिवालय बैठक बस्दै, नेताहरूको कार्यविभाजन मुख्य एजेण्डा

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक