दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया « Khabarhub

दुर्गम गाउँमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

धुलिखेल – काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका–३ बाङ्गेका ८२ वर्षीय चक्रबहादुर थिङले करिब दुई दशकपछि आँखा देख्न पाएकामा खुसी व्यक्त गरे। एउटा आँखाले अलिअलि मात्रै देखेको र अर्को आँखाले नजिकै पनि केही नदेख्ने अवस्था रहेकामा मङ्गलबार बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा शल्यक्रिया भएपछि आँखा देख्न थालेको उनले बताए ।

थिङलाई गाउँमा नै संस्थाको आयोजनामा सञ्चालन गरेको आँखा शिविरबाट परीक्षण गर्ने मौका पाएपछि त्यहीबाट शल्यक्रिय गर्नका लागि बनेपासम्म आउने व्यवस्था गरिएको थियो । “अब दुवै आँखाले देख्न सकिनेमा ढुक्क छु”, उनले भने ।

खानीखोला–२ फलामेटारका ७२ वर्षीय चन्द्रमान गोलेले शल्यक्रिया पछि आँखा देख्न थालेका थिए । यसअघि दुवै आँखाले प्रस्ष्ट देख्न नसक्ने उनले कहिँकतै पनि आँखाको उपचार गराएका थिएनन्। गाउँमा नै सञ्चानल भएको आँखा शिविरबाट परीक्षणपछि निःशुल्क उपचार सेवा पाएको उहाँले बताउनुभयो । गोलेको दुवै आँखाको शल्यक्रिय गरिएको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका शिवलाल घिसिङ मधुरो देख्ने, चिलाउने, दुख्नेजस्ता समस्या भोगिरहेको बेला शिविरमा गएपछि उहाँको आँखाको शल्यक्रिया गरिएको छ । तालढुङ्गामा सञ्चालन भएको शिविर नजिकै परेका कारण छिमेकी जिल्लाका नागरिक पनि सेवा लिन आएका थिए ।

खानीखोला–५ का नानीमाया ब्लोन, बिबीमाया गोले र लालमाया सिङ्तानको पनि सोही शिविरमा आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हाल उहाँहरु अस्पतालमा नै आराम गरिहेका छन् । उपचारका लागि सुविधायुक्त अस्पतालसम्म पुग्न टाढा जानुपर्ने, खर्च धान्न मुश्किल र समयमा नै उपचार नपाइने समस्या थियो । गाउँमै निःशुल्क आँखा शिविर सञ्चालन गरेपछि यहाँका नागरिकले सहजै सेवा पाएका छन् । गाउँको दुई ठाउँमा सञ्चालन गरिएको शिविरमा ६६ जनाको आँखाको शल्यक्रिया गरिएको छ ।

आयोजक संस्था परिवर्तनशील समाज नेपालका अध्यक्ष क्षेत्रबहादुर वाइबाले भौगोलिक रुपमा विकट रहेको ठाउँमा शिविर आयोजना गरेर आँखाको निःशुल्क शल्यक्रिय गरिएको बताए। खानीखोलाको आर्थिक सहयोग तथा रेयुकाई एईको मासुनागा आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त आँखा शिविरमा करिब तीन सयभन्दा बढीले सेवा पाएका थिए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : १६ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७