स्लोभाकियाद्वारा ३५० भालु मार्न अनुमति प्रदान, संरक्षणवादीहरू क्रोधित | Khabarhub Khabarhub

स्लोभाकियाद्वारा ३५० भालु मार्न अनुमति प्रदान, संरक्षणवादीहरू क्रोधित


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

ब्रातिस्लाभा – स्लोभाक सरकारले बुधबार मानिसहरूलाई खतरा उत्पन्न भएको भन्दै तीन सय ५० भालुलाई गोली हानेर मार्न अनुमति दिएको छ । यस कदमलाई संरक्षणवादीहरूले गैरकानूनी भन्दै आलोचना गरेका छन् ।

मध्य स्लोभाकियामा सम्भवतः आइतबार भालुले मारेको मानिसको अवशेष फेला पार्नुका साथै मानिसमाथि धेरै भालुले आक्रमण गरेपछि यो निर्णय आएको हो ।

“हामी यस्तो देशमा बस्न सक्दैनौँ जहाँ मानिसहरू जङ्गलमा जान डराउँछन्”, प्रधानमन्त्री रोबर्ट फिकोले पत्रकारहरूलाई भने । फिकोको सरकारले पनि ‘अवाञ्छनीय’ भालु उपस्थितिका कारण अधिकांश स्लोभाक जिल्लामा आपत्कालीन अवस्था घोषणा गरेको छ ।

स्लोभाक संसद्ले पहिले नै सन् २०२४ मे महिनामा भालु मार्ने नियमहरू खुकुलो पारेको थियो । ती नियमले धेरै जिल्लामा प्रतिबन्धबाट छुट दिन अनुमति दिएको छ । तर देशले युरोपेली सङ्घ (इयु) को निर्देशनको पालना गर्नुपर्छ । निर्देशनले कुनै अन्य समाधान नभएको अवस्थामा मात्र सम्पत्तिमा क्षति पुर्‍याउने वा मानिसहरूलाई आक्रमण गर्ने समस्याग्रस्त भालुहरू मात्र मार्न अनुमति दिन्छ ।

सन् २०२४ मा ५४ लाख जनसङ्ख्या भएको युरोपेली सङ्घ (इयु) को सदस्य मुलुक स्लोभाकियामा ९३ वटा भालु गोली हानेर मारिएको र ३६ वटाको कार दुर्घटनामा मृत्यु भएको दैनिक डेनिक एनले बताएको थियो ।

यद्यपि जान कुचियाक इन्भेस्टिगेटिभ सेन्टरका पत्रकारहरूले सन् २०२४ देखि ५० वटा घटनाको अध्ययनका आधारमा सिकारीहरूले सम्भवतः मानिसहरूमाथि आक्रमण गरेका भालुहरूलाई कहिल्यै नमारेको बताएका छन् ।

पर्यावरणमन्त्री टोमस ताराबाले बुधबार स्लोभाकियामा एक हजार तीन सयभन्दा बढी भालु रहेको र जनसङ्ख्या बढ्दै जाँदा आठ सय ‘पर्याप्त सङ्ख्या’ भएको बताए । तर बुधबारको निर्णयले अन्तर्राष्ट्रिय दायित्वको उल्लङ्घन गरेको र वातावरण मन्त्रालयले जानाजानी कानून उल्लङ्घन गरेको भन्दै संरक्षणवादीहरूले सरकारको आलोचना गरेका छन् ।

संरक्षणवादीहरूले मन्त्रालयलाई बरु मानिसहरूलाई प्रकृतिमा कसरी सुरक्षित रहने भनेर सिकाउन आह्वान गरे । “अप्रभावकारी समाधानहरूको सट्टा हामीले रोकथामलाई सुदृढ गर्न आवश्यक छ – शिक्षा, फोहोर हटाउने व्यवस्था, सिकारलाई आकर्षित गर्ने नियमन वा प्रकृतिमा सुरक्षित आवागमन बारे जनतालाई सूचित गर्ने”, एभिस फाउन्डेसनले फेसबुकमा भनेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ८ : ५६ बजे

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः

स्वास्थ्य मन्त्रालयले एनएचआरसीको नयाँ भवनबाट सेवा दिने

काठमाडौं– रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले

तीन हजार ७२३ कैदीबन्दी पक्राउ, अझै १० हजार जना फरार, प्रहरीले भन्यो- सतर्कता अपनाउनू

काठमाडौं– यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका

काभ्रे प्रहरीले समात्यो विभिन्न जेलबाट फरार ३७ कैदी

काठमाडौं– जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न कारागारबाट फरार भएका ३७