आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य « Khabarhub

आईपीएल : आरसिबीले गुजरातलाई दियो १७० रनको लक्ष्य


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा अर्न्तगत जारी खेलमा रोयल च्यालेन्जर बेङ्गलुरु (आरसिबी)ले गुजरात टाईटन्ससामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

एम. चिन्नास्वामी रंगशालामा टस हारेर ब्याटिङ गरेको बेङ्गलुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको हो ।

बेङ्गलुरुका लागि लियाम लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए । ४० बलको सामना गरेका उनले एक चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै जितेश शर्माले २१ बलमा ३३ रन बनाउँदा विराट कोहली सात रनमा आउट भए । टिम डेभिडले १८ बलमा ३२ रन बनाउँदा कप्तान रजत पाटीदारले १२ रन मात्र बनाउन सके ।

गुजरातका लागि मोहम्मद सिराजले तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए । त्यस्तै साई किशोरले २ तथा प्रसिद कृष्ण, इशान्त शर्मा, अरशद खानले एक एक विकेट लिए ।

बेङ्गलुरुले आफ्नो पहिलो खेलमा कोलकातालाई र दोस्रो खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराएको थियो । बेङ्गलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ ।

यस्तै गुजरातले दुई खेलमा एउटा जीत र अर्कोमा हार बेहोरेको छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित हुँदा दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो । गुजरात २ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४१ बजे

पोखरा विश्वविद्यालयका छ हजार छ सय बाइस जना आज दीक्षित हुँदै

गण्डकी– पोखरा विश्वविद्यालयमा अध्ययन गरेका छ हजार ६२२ जना आज

डोनाल्ड ट्रम्पले दक्षिण एसियालाई ठूलो विपत्तिबाट जोगाए : प्रधानमन्त्री शरीफ

काठमाडौं– भारतको सन्दर्भ जोड्दै पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले ‘ट्रम्पले दक्षिण

मिथिला मध्यमा परिक्रमाका यात्री जलेश्वरतर्फ

महोत्तरी– मधेसको प्राचीन मिथिला क्षेत्रमा ‘महाकुम्भ’ भनिने १५ दिने मिथिला

शुक्लाफाँटा निकुञ्ज बाहिर पाटेबाघ, स्थानीय त्रसित

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–५  गर्जमुनि क्षेत्रमा पटकपटक पाटेबाघ देखिएपछि स्थानीय

बंगलादेशमा नयाँ सरकारमाथि प्रश्न, तारिक रहमानको आलोचना

काठमाडौं- तारिक रहमानले प्रधानमन्त्री पदको शपथ लिएको तीन दिनमै देशको