दुर्घटनामा एक जनाको मृत्यु « Khabarhub

दुर्घटनामा एक जनाको मृत्यु


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको झापा गाउँपालिकामा आज बेलुका ट्याक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । झापा गाँउपालिका–३ स्थित भित्री सडकखण्डमा झाटीबाट कामाटोलीतर्फ आउँदै गरेको मे १ त ४१०७ नं को ट्याक्टरबाट खसेर सोही स्थानका ६० वर्षीय रमेश हास्दाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापा प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

‘लिप्ट’ मागेर बसेका हास्दा अचानक बेहोस भएर ट्याक्टरबाट खसेर घाइते भएका थिए । स्वास्थ चौकी शरणामतिमा सामान्य उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएकोमा आज बेलुका ६ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रवक्ता खड्काले बताए ।

हास्दाको शव प्रादेशिक अस्पताल भद्रपुरको शवगृहमा परीक्षणका लागि राखिएको छ भने ट्याक्टर धनी एवं चालक झापा–३ का ४८ वर्षीय देवकुमार गणेशलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  १० : ४५ बजे

बालेनले सम्हाले रास्वपा वरिष्ठ नेताको कार्यभार

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी

गुमनाम रहेका आकाश फिल्ममा फर्कने मोटामोटी पक्का

काठमाडौं – लगातार फिल्म फ्लप भएपछि नायक कसरी बेरोजगार हुन्छन्

मेयर पदबाट राजीनामा दिएर रास्वपा कार्यालय पुगे बालेन, बजाए घण्टी

काठमाडौं- काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन राष्ट्रिय स्वतन्त्र

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)