१० वटा स्थानीय तहमा काम गर्ने गरी भारतसँग सहयोग सम्झौता « Khabarhub

१० वटा स्थानीय तहमा काम गर्ने गरी भारतसँग सहयोग सम्झौता


२० चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल सरकार र भारत सरकारबिच स्थानीय तहमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा मन्त्रालय, नेपालीस्थीत भारतीय दूतावास र ९ वटा पालिकाको १० वटा स्थानीय तहबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोगसम्बन्धी सम्झौता भएको हो ।

जसअनुसार धनगढी उपमहानगरपालिका, धुर्कोट गाउँपालिका, गुल्मी, चंखेली गाउँपालिका, हुम्ला, बुटवल उपमहानगरपालिका, ईन्द्रवती गाउँपालिका, सिन्धुपाल्चोक, जय पृथ्वी नगरपालिका बझाङ, भरतपुर महानगरपालिका, चितवनलगाएतका स्थानीय तहमा सहयोग उपलब्ध गराउने विषयमा सम्झौता भएको मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले जानकारी जानकारी दिए ।

यसअघि चालू आर्थिक वर्षमा १३ वटा परियोजनामा सम्झौता भइसकेको उनले जानकारी दिए । उनले सम्बन्धित पालिकाबाट आयोजना माग गरेर अर्थ मन्त्रालयमार्फत भारतीय दूतावासमा प्रस्ताव पठाएपछि दूतावासले स्वीकृत गर्ने प्रक्रिया रहेको जिकिर गरे ।

उनले सम्झौता कार्यान्वयन हुने प्रत्येक आयोजनाको अधिकतम बजेट सीमा २० करोड रुपैयाँ रहने बताए ।

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार  ९ : ४३ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७