आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो « Khabarhub

आईपीएलः मुम्बई शीर्ष स्थानमा, सय रनले पराजित राजस्थान बाहिरियो


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो। पराजित राजस्थान भने बाहिरिएको छ। जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो।

२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो। राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे। राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो। मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे। उनले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। १२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उनलाई बोल्ड गरेका थिए। रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुके। यादव र पाण्डेले समान २३-२३ बलमा ४८-४८ रन जोडे।

मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ३४ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र