शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपियाँ ८९ पैसा र बिक्री दर १३५ रुपियाँ ४९ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९३ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपियाँ ९६ पैसा र बिक्रीदर १८० रुपियाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ २१ पैसा र बिक्रीदर १६३ रुपियाँ ९३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ २७ पैसा र बिक्रीदर ८६ रुपियाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ९८ रुपियाँ १० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ १५ पैसा र बिक्रीदर १०३ रुपियाँ ६१ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ३५ पैसा र बिक्रीदर नौ रुपियाँ ३९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ५५ पैसा र बिक्रीदर १८ रुपियाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपियाँ ९७ पैसा र बिक्रीदर ३६ रुपियाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ०१ पैसा र बिक्रीदर ३७ रुपियाँ १७ पैसा तोकेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०३ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ७२ पैसा र बिक्रीदर ३६ रुपियाँ ८९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २६ पैसा र बिक्रीदर ३१ रुपियाँ ४० पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ९० पैसा र बिक्रीदर १३ रुपियाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ४९ पैसा र बिक्रीदर २० रुपियाँ ५८ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४३९ रुपियाँ ७६ पैसा र बिक्रीदर ४४१ रुपियाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३५७ रुपियाँ ८० पैसा र बिक्रीदर ३५९ रुपियाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५० रुपियाँ ३९ पैसा र बिक्रीदर ३५१ रुपियाँ ९४ पैसा रहेको छ। भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ४४ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान