गर्मीमा परजीवीले फैल्याउने रोगको डर, सडेगलेका खान्की नखान सुझाव | Khabarhub Khabarhub

गर्मीमा परजीवीले फैल्याउने रोगको डर, सडेगलेका खान्की नखान सुझाव


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तुलनात्मक रुपमा जाडो मौसम भन्दा गर्मी मौसम स्वास्थ्यका हिसाबले संवेदनशील मानिन्छ। विभिन्न प्रकारका रोग सङ्क्रमण, एलर्जीका साथै सरुवा रोगको संक्रमण पनि गर्मी मौसममा धेरै फैलिने गरेको पाइन्छ।

अहिले गर्मी मौसमको मध्यतिर हामी प्रवेश गरेका छौं। यो मौसममा खानेकुरा पनि चाँडै सड्ने र रोग फैलाउने परजीवी झिँगा, लामखुट्टे, साङ्ला धेरै पाइने भएकोले संक्रमणको जोखिम धेरै हुने चिकित्सक बताउँछन्।

गर्मीमा ज्वरो, रुघाखोकी, झाडापखाला र शरीरमा विभिन्न खालका एलर्जीका खटिरा आउने जस्ता समस्या देखा पर्न सक्छन्। यही मौसममा पाचन यन्त्र कमजोर हुने र खानेकुरा सजिलै नपच्ने भएकोले अरू बेलाभन्दा यो समयमा धेरै समस्या हुने चिकित्सकको भनाइ छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्– ‘गर्मी मौसममा हरेक वर्ष सरुवा रोगको संक्रमण फैलिने गरेकाले यसवर्ष पनि विभिन्न संक्रमित रोगका बिरामी अस्पताल आउन थालिसकेका छन्।’

‘गर्मी मौसममा हरेक वर्ष सरुवा रोगको संक्रमण फैलिने गरेकाले यसवर्ष पनि विभिन्न संक्रमित रोगका बिरामी अस्पताल आउन थालिसकेका छन्।’

उनका अनुसार गर्मी मौसममा दुई चरणमा सरुवा रोग फैलिने गदर्छन्। पहिलो चरण पानीजन्य तथा खानाजन्य रोगको संक्रमण बढ्ने गरेको छ भने दोस्रो चरण किट तथा हावाजन्य रोगको संक्रमण अत्याधिक मात्रामा फैलिने गरेको छ।

पानी तथा खानाजन्य रोग
पानीजन्य तथा खानाजन्य रोगमा मुख्य गरेर झाडापखाला र ज्वरोका बिरामी बढी देखिने गरेका डा. पुनले बताए। पखालाको समयमै उपचार भएन भने यसले हैजाको रुप लिएर बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले यसलाई संवेदनशील रुपमा लिने गरिन्छ। त्यो बाहेक हामीले थाहा नपाएका विभिन्न अज्ञात कारणले झाडापखाला लाग्ने गरेको उनको भनाइ छ।

त्यस्तै अर्को पानीजन्य रोग भनेको टाइफाइड हो। गर्मी मौससमा टाइफाइड ज्वरो धेरैमा देखिने गर्छ भने त्यो बाहेक कमलपित्त, भाइरल हेपाटाईटीस ए–बी, आउँ पर्ने लगायतका रोग दुषित खाना तथा दुषित पानीको प्रयोगबाट धेरै फैलिने गरेका डा. पुनले बताए।

उनका अनुसार यस्ता रोग गर्मी मौसमको सुरुवाती चरण र बाढी पहिरो आएर पानी दुषित भएको अवस्था देखिने गरेको छ। पहिलो चरण रोगको संक्रमण फैलिन सुरु भइसकेको बताउँदै बासी, सडेगलेका खानेकुरा नखान, पानी उमालेर मात्रै पिउन पुनको सुझाव छ।

बिगतका दिनमा दैनिक ज्याला मजदुरीमा काम गर्ने समूह र बालबालिका धेरै प्रभावित हुने गरे पनि पछिल्लो समय भने घरघरमा पुगेका जारको पानीको प्रयोगले प्राय सबै उमेर समूहका व्यक्ति सरुवा रोगबाट प्रभावित हुने गरेको उनले बताए।

बिगतका दिनमा दैनिक ज्याला मजदुरीमा काम गर्ने समूह र बालबालिका धेरै प्रभावित हुने गरे पनि पछिल्लो समय घरघरमा पुगेका जारको पानीको प्रयोगले प्राय सबै उमेर समूहका व्यक्ति सरुवा रोगबाट प्रभावित हुने गरेको चिकित्सकको भनाइ छ ।

किटजन्य सरुवा रोग
किटजन्य रोग प्राय वर्षभरी नै देखिने गरे पनि मनसुन लागेको केही समयमा यसका बिरामी ह्वात्तै बढ्ने गरेको डा. पुनले बताए। उनका अनुसार चिकनगुनिया भाइरस, जापनिज इन्सेफ्लाइटिस जस्ता रोग गतवर्ष देखिएको थियो। त्यस्तै जिका भाइरस छिमेकी मुलुक भारतमा देखिएको छ।

‘डेङ्गु फैलाउने र जिका भाइरस फैलाउने किटाणु एउटै भएकाले नेपालमा पुष्टि नभए पनि यसको सम्भावना धेरै रहेको छ’ उनले भने, ‘डेङ्गुको संक्रमण वर्षेनी देखिरहेको र यसले दशैं तिहारसम्म धेरै मानिसको स्वास्थ्यमा प्रभाव पार्ने निश्चित छ।’

बच्न के गर्ने ?
सरुवा रोगबाट बच्न सबैभन्दा पहिले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने डा. पुन बताउँछन्। खाना तथा पानीजन्य रोगबाट बच्न खाना खानु अघि र पछि साबुनपानीले राम्रोसँग हात धुने, बासी सडेगलेका खानेकुरा नखाने, पानी उमालेर मात्रै पिउने, हरियो तरकारी सागपात र फलफूल राम्रोसँग धोएर मात्रै खान डा. पुनको सुझाव छ।

त्यस्तै हावाजन्य रोगबाट बच्न सार्वजनिक स्थानमा नजाने, संक्रमित व्यक्तिबाट टाढा रहने, भीडभाडमा जाँदा मास्कको प्रयोग, बालबालिका तथा गर्भवतीलाई विशेष ध्यान दिने जस्ता कुरामा सजगता अपनाउनुपर्छ भने किटजन्य रोगबाट बच्न घर वरिपरिको वातावरण सफा राख्ने, लामखुट्टे बढ्न नदिने लगायतका विषयमा ध्यान दिन उनी सुझाउँछन्।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ८ : ५७ बजे

जनअपेक्षानुसार काम गर्न सबैले हातेमालो गरौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकार एक्लैले मात्र

युवालाई आर्थिक र सामाजिक रूपान्तरणमा परिचालन गरिने

काठमाडौं– सरकारले युवालाई आर्थिक र सामाजिक रूपान्तरणका प्रमुख वाहकका रूपमा

सूचना प्रविधि क्षेत्रको विकासका लागि पूर्वाधार अभाव छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको

सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित)

काठमाडौं– खोटाङको सदरमुकाम रहेको नगरपालिकाको हो – दिक्तेल रुपाकोट मझुवागढी

कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू

विराटनगर- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब