कालीगण्डकी तर्न साँघुको भर, स्थानीयलाई सास्ती « Khabarhub

कालीगण्डकी तर्न साँघुको भर, स्थानीयलाई सास्ती


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– थासाङ गाउँपालिका–२ का कोवाङ, लार्जुङ र खन्ती गाउँ राष्ट्रिय राजमार्गसँग जोडिँदासोही वडाका सौरु र सिरकुङ कालीगण्डकीका कारण अगम्य भएका छन् । 

चालीस परिवारको बसोबास रहेको सौरु र सिरकुङका मान्छेको जीविकोपार्जनको स्रोत कृषि र पशुपालन हो । कालीगण्डमा पुल नहुँदा उनीहरूलाई आफ्ना उत्पादन स्याउ, उवा, फापर, जौ, सिमी, बोडी र सागसब्जी बजार पुर्‍याउन समस्या छ । 

याकचौँरी र बाख्रापालन गर्दै आएका सौरु र सिरकुङका गाउँले हिउँदमा अस्थायी साँघुबाट नदी तर्छन् तर वर्षायाममा तीन घण्टाभन्दा बढी पैदल कोखेठाटीको बाटोबाट राजमार्गमा पुग्नुपर्ने बाध्यता छ । बर्खामा वडा र गाउँपालिका कार्यालय, माध्यमिक तहका विद्यार्थीलाई विद्यालय पुग्न र  स्वास्थ्य सेवा प्राप्त गर्न सास्ती भएको सौरुका सोजन हीराचनले बताए।

सङ्घीय व्यवस्था प्रारम्भ हुनुअघि साविक जिल्ला विकास समितिले पनि सौरु र सिरकुङलाई राजमार्गसँग जोड्न कालीगण्डकीमा पुल बनाउने प्रयास नगरेको होइन । स्थानीयको सहयोगमा बनाइएको पुलको आरसिसी पिल्लर बाढीले पुरेपछि हालसम्म पुल बन्ने लक्षण नदेखिएको उनको गुनासो छ । 

विक्रम सम्वत् २०७७ साल ३० वैशाखमा सस्पेन्सन ब्रिज डिभिजन कार्यालयले ५७० मिटर लामो सस्पेन्सन पुलको योजना अघि बढायो । इलाइट रुविना कन्ट्रक्सनसँग पाँच करोडमा ठेक्का सम्झौता भएको सस्पेन्सन पुलको काम हाल अलपत्र परेको थासाङ–२ का वडाध्यक्ष गौतम शेरचनले जानकारी दिए । 
 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ४२ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा