मनहरीमा छ प्रजातिका चैतेधानको परीक्षण  « Khabarhub

मनहरीमा छ प्रजातिका चैतेधानको परीक्षण 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ । 

उक्त कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार कार्यालयले उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधान परीक्षण गरिएको हो ।

उक्त कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ । कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ ।

मनहरीमा हर्दिनाथ हाइब्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कुन जातको चैतेधान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ । परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ । मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ ।

खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ । नाइट्रोटनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको जनाइएको छ । नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताए।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १० : ०८ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा