कश्मीरमा नेपाली युवक मारिएपछि सिरहामा पाकिस्तानविरुद्ध प्रदर्शन « Khabarhub

कश्मीरमा नेपाली युवक मारिएपछि सिरहामा पाकिस्तानविरुद्ध प्रदर्शन


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सिरहा-भारतको पहलगाममा भएको जघन्य चरमपन्थी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ ।

पाकिस्तानले चरमपन्थीहरूलाई संरक्षण गरेको भन्दै गोलबजारमा विरोध प्रदर्शन गरिएको हो । धर्मराज हिन्दु सेनाले प्रदर्शन गर्दा गोलबजार तनावपूर्ण बनेको थियो।

बुधबार आयोजित विरोध प्रदर्शनमा सयौँ स्थानीय सहभागी थिए । प्रदर्शनको अगुवाइ कृष्ण गुरागाईं (हनी सिंह) ले गरेका थिए ।

उनले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएका थिए । ‘आतंकको आडमा मित्रता स्वीकार्य छैन,’ भन्दै प्रदर्शनकारीले पाकिस्तानविरोधी नारा पनि लगाए ।

प्रदर्शनमा नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको पनि विरोध भएको छ ।

स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

पहलगाम हमलामा नेपाली युवक सुदीप न्यौपानेसहित २७ पर्यटकको ज्यान गएको थियो। नेपाली युवकको मृत्युले देशभर समवेदना र आक्रोशको लहर देखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ०७ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेरखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको