कश्मीरमा नेपाली युवक मारिएपछि सिरहामा पाकिस्तानविरुद्ध प्रदर्शन | Khabarhub Khabarhub

कश्मीरमा नेपाली युवक मारिएपछि सिरहामा पाकिस्तानविरुद्ध प्रदर्शन


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सिरहा-भारतको पहलगाममा भएको जघन्य चरमपन्थी हमलामा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु भएपछि सिरहाको गोलबजारमा प्रदर्शन गरिएको छ ।

पाकिस्तानले चरमपन्थीहरूलाई संरक्षण गरेको भन्दै गोलबजारमा विरोध प्रदर्शन गरिएको हो । धर्मराज हिन्दु सेनाले प्रदर्शन गर्दा गोलबजार तनावपूर्ण बनेको थियो।

बुधबार आयोजित विरोध प्रदर्शनमा सयौँ स्थानीय सहभागी थिए । प्रदर्शनको अगुवाइ कृष्ण गुरागाईं (हनी सिंह) ले गरेका थिए ।

उनले पाकिस्तानी सेना प्रमुख असीम मुनिरको पुतला जलाएका थिए । ‘आतंकको आडमा मित्रता स्वीकार्य छैन,’ भन्दै प्रदर्शनकारीले पाकिस्तानविरोधी नारा पनि लगाए ।

प्रदर्शनमा नेकपा एमालेबाट निर्वाचित गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले अघि सारेको ‘नेपाल–पाकिस्तान मित्रता पार्क’ निर्माण योजनाको पनि विरोध भएको छ ।

स्थानीयवासीहरूले यस्तो योजना राष्ट्रहितविपरीत भएको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् ।

पहलगाम हमलामा नेपाली युवक सुदीप न्यौपानेसहित २७ पर्यटकको ज्यान गएको थियो। नेपाली युवकको मृत्युले देशभर समवेदना र आक्रोशको लहर देखिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ०७ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले