कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा « Khabarhub

कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

वालिङ– गल्याङ नगरपालिका–१ उत्तरवाहिनीमा कालीगण्डकी प्राकृतिक अस्पताल सञ्चालनमा आएको छ । सङ्घीय सरकारको विशेष अनुदान, गल्याङ नगरपालिकाको सहयोग तथा कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सो अस्पताल सञ्चालनमा आएको हो । 

नगरपालिकाले सञ्चालन कार्यविधि बनाएर अस्पतालको स्वामित्व, दायित्व र यसको निरन्तरताका विषयमा निर्णय लिने कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्णले बताए ।

‘अस्पतालले प्रदान गर्ने सेवालाई प्रभावकारी रूपमा अगाडि बढाउन लागिपरेका छौँ,’ उनले भने, ‘प्राकृतिक उपचार विधिसँगै उत्तरवाहिनीको धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्य  छ ।’

अस्पताल हाल दश शय्यामा सञ्चालन भएको छ । आगामी दिनमा शय्या थपी अस्पतालको सेवा विस्तार गरिने उनले बताए । अस्पताल भर्ना भएकाहरूका लागि आवासीय तथा भोजनको व्यवस्थापन अस्पतालमै मिलाइने भएको छ । अस्पतालमा हाल चार स्वास्थ्यकर्मी कार्यरत छन् । 

अस्पताल सञ्चालनमा आएसँगै स्याङ्जासहित पाल्पाको पूर्वी भेग, पूर्वी नवलपुर, गुल्मीलगायतका जिल्लाका नागरिकले सेवा लिन सहज हुने बताइएको छ । अस्पताल निर्माण गर्न दुई करोड ७८ लाख रुपैयाँ विनियोजन भएकामा दुई करोड १२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : १८ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल