पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो « Khabarhub

पाथीभरा केबलकारबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीचको मतभेद लगानी सम्मेलनमा पोखियो


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

विराटनगर-पाथीभरा केबलकार निर्माणबारे कोशीका मुख्यमन्त्री र मन्त्रीबीच मतभेद ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको केबलकार निर्माणबारे कोशी प्रदेश सरकारभित्रको मतभेद सार्वजनिक रुपमा छताछुल्ल भएको छ।

प्रदेशका मुख्यमन्त्री एवम् एमाले स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्की र उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामबीच पाथीभरा केवलकारलाई लिएर सार्वजनिक रुपमै मतभेद पोखिएको हो ।

मुख्यमन्त्री कार्की झापाबाट निर्वाचित हुन् । उता हाङ्गाम ताप्लेजुङ प्रदेशसभा ‘ख’ बाट निर्वाचित हुन् । उनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।

बिहीबार विराटनगरमा आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्था, लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवादमा एकै सरकारका सहयात्रीबीच घोचपेच भएको हो ।

आफैंले आयोजना गरेको लगानी सम्मेलनको सार्वजनिक मञ्चमा कार्की र हाङ्गामले फरक र विपरीत भनाइ राखेपछि केवलकारबारे नयाँ विवाद देखिएको हो ।

कार्यक्रममा मुख्यमन्त्री कार्की प्रमुख अतिथि र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल विशिष्ट अतिथिका रूपमा मञ्चमा थिए ।

मुख्यमन्त्री कार्कीले उक्त कार्यक्रमलाई सम्बोधनका क्रममा पाथीभरा केबलकार परियोजनामा देखिएको अवरोध र विवादलाई ‘बिडम्बनापूर्ण’ भने ।

उनले केबलकारको विरोध अनावश्यक भन्दै उक्त कार्यको आलोचनासमेत गरे। ‘केबलकार बन्न थालेपछि जातीय पहिचानको कुरा झिकियो । पूर्वाधारमा लगानी रोक्ने प्रयास गरियो, यो समग्र प्रदेशकै लागि दु:ख लाग्दो कुरा हो’, उनले भने, ‘निजी क्षेत्रबाट भइरहेको प्रयासको प्रशंसा र सहयोग गर्नुपर्छ । चन्द्र ढकालको नेतृत्वमा सुरु गरिएको परियोजनालाई सकारात्मक रुपमा लिएर अघि बढाउनुपर्छ ।’

उता त्यही मञ्चमा रहेका मन्त्री हाङ्गामले समुदायको संस्कार, संस्कृति र पहिचानलाई बेवास्ता गरेर थालिने विकास आवश्यक नरहेको टिप्पणी गरे । ‘हामी विकास विरोधी होइनौँ, तर संस्कृति र परम्परालाई जोगाएर मात्रै विकास गर्नुपर्छ,’मन्त्री हाङ्मामले भने ।

उता उक्त कार्यक्रममा सहभागी उद्योग वाणिज्य संघका अध्यक्ष ढकालले आफू कुनै पनि समुदाय वा संस्कृतिको विरोधमा नरहेको जवाफ दिए ।

ढकालले सबै धर्म, संस्कृति र पहिचानलाई सम्मान गर्दै परियोजना अगाडि बढाइरहेको स्पष्टीकरण पनि दिए । ‘पाथीभरा केबलकार परियोजनामार्फत् स्थानीय संस्कृति संरक्षणका लागि पनि हामी तयार छौं,’ उनले पहिचानवादीलाई फकाउने कोसिससहित भने ।

ढकालले संघ, प्रदेश र स्थानीय सरकारले लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । उनको इशारा ताप्लेजुङमा केबलकार निर्माणमा देखिएको अवरोधप्रति थियो ।

उक्त सम्मेलनमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सातवटा कानुन संशोधन गरेको बताए । उनले नयाँ नीति ल्याउने तयारी भएको बताउँदै स्विस सरकारसँगको सहकार्यमा आगामी दुई वर्षभित्र ६ अर्ब ऋण प्रवाह हुने जानकारी दिए ।

कार्कीले कोशी प्रदेश सरकार लगानीकर्ता र निजीक्षेत्रको वारेस बन्न तयार रहेको बताए । उनले कोशी प्रदेशमा आएका लगानीलाई सुरक्षित गर्न र लागनीका लागि भएका झन्झट अन्त्य गर्न प्रदेश सरकारले विभिन्न ८ वटा कानुन अध्यादेशमार्फत संसोधन गरेको जानकारी दिए । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारबाट हुने कामहरु तुरुन्तै गरिने र संघीय वारेस बनेर सहजीकरण गर्ने बताए ।

उनले कोशी प्रदेश लागनी सम्मेलनलाई लिएर निजी क्षेत्र उत्साहित रहेको बताए । कोशी प्रदेश लागनी सम्मेलनमा विभिन्न ८ वटा क्षेत्रका ७१ वटा परियोजना सोकेसमा राखिएको छ । एक वर्षसम्म निरन्तर निजी क्षेत्रसँग समन्वय र छलफल पछि परियोजनाहरु छनोट गरिएको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २८ बजे

नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ : प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मातातीर्थ औँसी आर्थात आमाको मुख

मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेन शाहको शुभकामना- नेपाल आमा हाँसेको हेर्न चाहन्छु

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औँसीको अवसरमा सम्पूर्ण आमाहरूमा शुभकामना

मातातीर्थमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं– प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औंसीका दिन मनाइने ‘आमाको मुख

जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति

धनुषा– मिथिला नगरपालिका–७, ढल्केबरस्थित जनकपुर रिफाइनरीमा आगलागी भएको छ । 

गैँडाको खागसहित चार जना पक्राउ

इनरुवा– सुनसरी बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैडाको खागसहित चार