आकर्षणको केन्द्र बन्दै बागलुङको छहरे झरना « Khabarhub

आकर्षणको केन्द्र बन्दै बागलुङको छहरे झरना


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको बरेङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको छहरे झरना पर्यटक आकर्षणको केन्द्र बनेको छ । केही वर्ष अघिसम्म ओझेलमा रहेको झरना क्षेत्रमा गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेपछि पर्यटकको आकर्षण बढेको हो ।

गाउँपालिकाले विसं २०७५ देखि झाडीले ढाकिएको झरनालाई व्यवस्थित बनाउँदै आएको छ । घना जङ्गलबाट पहरामा ठोकिँदै झर्ने झरना निकै मनमोहक छ । पर्यटकलाई आकर्षित गर्नका लागि झरना वरपर मन्दिर, भजनकीतनस्थल, रेलिङसहितको पदमार्ग, विश्राम स्थल निर्माण गरिएको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । 

झरना नजिकै ‘पिकनिक स्पट’ निर्माण गरेको हुँदा पछिल्लो समय टाढा–टाढाबाट वनभोज खानका लागि यहाँ आउने सङ्ख्या बढेको उनले बताए ।   

गाउँपालिकाले हालसम्म पूर्वाधार निर्माणमा ६० लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेको बताउँदै अध्यक्ष शर्माले यस झरनाभन्दा केहीमाथि रहेको अर्को ठूलो भैँसे झरना प्रवर्द्धनका लागि पनि काम गर्न थालेको बताए । 

‘यो बागलुङको दक्षिण क्षेत्रकै सबैभन्दा ठूलो र आकर्षक झरना हो, यहाँ पर्यटकको चहलपहल बढ्न थालेको छ । हामी निर्वाचित भएर आएदेखि नै पूर्वाधार निर्माणमा जोड दिएका छौँ, सात वर्षदेखि यो झरनामा निरन्तर बजेट विनियोजन गरेर काम गर्दै आएका छौँ’, उनले भने, ‘यस वर्ष झरनाबाट झरेको पानीलाई थुनेर ताल बनाउँदै छौँ, योभन्दा माथि रहेको भैँसे झरनालाई पनि व्यवस्थित बनाउँदै छौँ, पदमार्गले जोड्दै छौँ ।’

बरेङ गाउँपालिका–४ का यमबहादुर क्षेत्रीले पहिले ओझेलमा रहेको झरना हाल पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको बताए । 

झरनाको छेउमा मन्दिर निर्माण गरिदिएपछि पूजा गर्नका लागि आएका दर्शनार्थीहरू झरनामा पुगेर स्नान गर्ने गरेको उनको भनाइ छ । पहिले गुमनान रहेको झरना यसरी व्यवस्थित होला भनेर कल्पना पनि नगरेको क्षेत्री बताउँछन् ।

उनले भने, ‘यो ठाउँमा यति राम्रो झरना छ भन्ने लागेको थिएन, पहिले झाडीले ढोकेकाले पनि धेरैले थाहा पाएका थिएनौँ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि यो ठाउँमा ल्याएर देखाइयो, त्यसपछि पालिकाले लगानी गर्‍यो र अहिले धेरैका लागि रोजाइको केन्द्र बनेको छ । यहाँ बिदाको दिन सयौँ पर्यटक आउँछन् । महिनामा पाँच हजारभन्दा बढीले झरना अवलोकन गर्छन् ।’

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : २९ बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र