शाङ्घाई अटो शो २०२५ मा एक्सपेंगले सार्वजनिक गर्‍यो ह्युमनॉइड रोबोट ‘आयरन’ « Khabarhub

शाङ्घाई अटो शो २०२५ मा एक्सपेंगले सार्वजनिक गर्‍यो ह्युमनॉइड रोबोट ‘आयरन’


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक्सपेंगले नयाँ ह्युमनॉइड रोबोट ‘आयरन’ लाई शाङ्घाई अटो शो २०२५ मा सार्वजनिक गरेको छ । गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आयरन हाल एक्सपेंगका कारखानाहरूमा प्रयोग भइरहेको छ, जहाँ यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्‍याइरहेको छ ।

आयरनको उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल ७० केजी छ । यसलाई मानव शरीरजस्तै बनाइएको छ, र यसको हातहरू यथार्थपरक रूपमा डिजाइन गरिएका छन्, जसले वस्तु समात्न र चलाउन सहज बनाउँछ ।

कम्पनीका अनुसार कम एक्सपेंगको आफ्नै प्रविधिबाट सञ्चालित आयरन सहज रूपमा हिँडडुल गर्न सक्छ र यसले परम्परागत रोबोटहरूजस्तो कठोर गतिविधि देखाउँदैन। यसमा कारहरूमा प्रयोग हुने स्मार्ट आवाज प्रणाली जडान गरिएको छ, जसमार्फत यो मानिसहरूसँग स्वाभाविक रूपमा संवाद गर्न सक्षम छ।

एक्सपेंगका स्वचालित गाडीहरूमा जस्तै, आयरनमा पनि अत्याधुनिक क्यामेरा र सफ्टवेयर जडान गरिएको छ, जसले वातावरण बुझ्न र निर्णय लिन सक्षम बनाउँछ ।

कम्पनीको लक्ष्य आयरनलाई केवल कारखानामा सीमित नराखी भविष्यमा पसल, अफिस र घरमा समेत सहयोगीको रूपमा प्रयोग गर्नु हो, जसले ग्राहक सेवा तथा व्यवस्थापन जस्ता कामहरू सजिलै गर्न सक्छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  २ : ५३ बजे

आज २०८३ साल कात्तिक ६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ६ गते शुक्रबार सन् २०२६

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष