नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब बढी « Khabarhub

नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब बढी


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब बढी रहेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र सार्वजनिक गर्दै प्राधिकरणको उठाउन बाँकी बक्यौता ४४ अर्ब ५४ करोड रहेको बताएका हुन् ।

श्वेतपत्रअनुसार २०८१ असार मसान्तसम्मको डेडिकेटेड फिडर तथा ट्रंकलाइनतर्फको २३ अर्ब ४४ करोडसहित फागुन मसान्तसम्मको बक्यौता ४४ अर्ब ५४ करोड रहेको हो ।

जसमध्ये सरकारले दिएको कोभिड छुट, चिस्यान केन्द्र लगायतका शीर्षकमा दिएको छुट बापतको रकम मात्रै १४ अर्ब १० करोड बराबर रहेको श्वेतपत्रमा उल्लेख छ ।

त्यस्तै, बक्यौतामा १२ अर्ब ४९ करोड बराबर रकम नियमित तर्फको रकम रहेको पनि उल्लेख छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ४ : १६ बजे

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार