नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने  | Khabarhub Khabarhub

नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने बताएका छन् । 

राष्ट्रपति पौडेलेले सरकारले आगामी बजेट दिने प्राथमिकता बताउँदै धितोपत्र बोर्ड सुदृढीकरण तथा नेप्सेको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताएका छन् । 

लामो समयदेखि नेप्सेको पुनर्संरचनाको विषय अर्थ मन्त्रालयमा थन्किएको छ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा समेत नेप्सेको पुनर्संरचना गरिने घोषणा भएको थियो । तर, नेप्सेको पुनर्संरचना भने भएको छैन ।  

नेप्सेले भने पुनर्संरचनाको स्ट्रक्चरसहित अर्थ मन्त्रालयलाई फाइल बुझाएको छ । तर, अर्थ मन्त्रालयले भने त्यसमा कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ४१ बजे

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती