नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने  « Khabarhub

नीति तथा कार्यक्रम : फेरि पनि घोषणा भयो नेप्सेको पुनर्संरचना गरिने 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना गरिने बताएका छन् । 

राष्ट्रपति पौडेलेले सरकारले आगामी बजेट दिने प्राथमिकता बताउँदै धितोपत्र बोर्ड सुदृढीकरण तथा नेप्सेको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिने बताएका छन् । 

लामो समयदेखि नेप्सेको पुनर्संरचनाको विषय अर्थ मन्त्रालयमा थन्किएको छ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा समेत नेप्सेको पुनर्संरचना गरिने घोषणा भएको थियो । तर, नेप्सेको पुनर्संरचना भने भएको छैन ।  

नेप्सेले भने पुनर्संरचनाको स्ट्रक्चरसहित अर्थ मन्त्रालयलाई फाइल बुझाएको छ । तर, अर्थ मन्त्रालयले भने त्यसमा कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ४१ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा