नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ?  « Khabarhub

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के-के विषय प्राथमिकतामा परे ? 


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार आव ०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । संघीय संसद् भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सभालाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

नीति तथा कार्यक्रममा शहरी विकासका विभिन्न विषय समेटिएका छन् । उपप्रधानमन्त्री सहित शहरी विकास मन्त्रालय सम्हालेपछि प्रकाशमान सिंहले काठमाडौं उपत्यकालाई बस्न लायक सफा शहरका रूपमा विकास गर्ने, सहरीकरण व्यवस्थित रूपमा अघि बढाउने,  उपत्यकाका नदी स्वच्छ बनाउने, पूर्वाधार विकासमा तीन तहको सरकारको समन्वय राम्रो बनाउने लगायतका विषयलाई प्राथमिकतामा राख्दै आएको थियो । ती विषय नीति तथा कार्यक्रममा समावेश भएका छन् ।

नीति तथा कार्यक्रममा के छ ?
आपत्कालीन आवास तथा  आवासविहीन परिवारका लागि आवास निर्माणात्मक कार्यलाई निरन्तरता दिने । 

-कमजाेर र अव्यवस्थित शहरि क्षेत्रको एकीकृत विकास गरिने 
-काठमाडौं उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण र पर्यावरणीय सुधारको काम गरिने ।
-भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सभा हल, मनोरञ्जन पार्कका रूपमा विकास गर्ने । शहरी पूर्वाधारका लागि थप पूँजी परिचालन गर्न नगर विकास काेषलाई पुनर्संरचना गर्दै यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूकाेबीचमा वितरण गरिनेछ ।

-आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाउने
संघ प्रदेश र स्थानीय तहको सहकार्यमा स्थानीय तहको केन्द्रलाई राष्ट्रिय र प्रादेशिक तहको सडक सञ्जालसँग जोडी अन्तर आबद्धता कायम गर्ने

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ५ : ५१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल