ऊर्जामन्त्री खड्कालाई प्रश्न- लोडसेडिङको तालिका कहिलेदेखि सार्वजनिक गर्नु हुन्छ ? « Khabarhub

ऊर्जामन्त्री खड्कालाई प्रश्न- लोडसेडिङको तालिका कहिलेदेखि सार्वजनिक गर्नु हुन्छ ?


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो केही समययता देशभर बिनाजानकारी बिजुली जाने क्रम बढेको छ।

संघीय राजधानी काठमाडौंदेखि देशका अन्य भागमा पनि बिजुल आउने-जाने क्रम बढेको गुनासो आइरहेको छ ।

बिजुली जुनसुकै बेला जाने क्रममा देशमा प्रमुख राजमार्थमा सञ्चालमा रहेका विद्युतीय गाडीलाई पनि असर गरिरहेको छ ।

बिजुली गइरहने समस्याले चार्जिङ स्टेशनमा गाडीको लामो लाइन देखिन थालेको छ । पृथ्वी राजमार्ग र पूर्व-पश्चिम राजमार्गमा गुड्ने विद्युतीय गाडी मारमा पर्न थालेका छन् ।

निजी विद्युतीय सवारीका सञ्चालकलाई पनि लामो यात्रामा निस्किँदा तनाव झेल्नु परेको छ । अहिले देशका उद्योगहरूमा लोडसेडिङ भइरहेको छ ।

यही सन्दर्भमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउँदा ऊर्जामन्त्री दीपक खड्का पनि संसद् भवन परिसरमा देखिए ।

उनलाई देख्नेबित्तिकै सञ्चारकर्मीले घेर्न पुगे । संसद् बैठकबाट निस्किरहेका ऊर्जामन्त्री खड्कालाई एकजना सञ्चारकर्मी किशोर श्रेष्ठले बत्ती गइरहने समस्या दर्शाउँदै लोडसेडिङ तालिकाबारे प्रश्न गरे ।

यस्तो थियो सवाल-जवाफ

पत्रकार- मन्त्रीज्यू लोडसेडिङको तालिका सरकारले कहिले सार्वजनिक गर्दैछ ?

ऊर्जामन्त्री- कस्तो लोडसेडिङको तालिका ?

पत्रकार- बत्ती गएको गयै गर्छ, लोडसेडिङको तालिका कहिले सार्वजनिक गर्ने?

ऊर्जामन्त्री- त्यो तपाईंहरूलाई लागेको होला, त्यस्तो छैन, बत्ती गएको छैन, अँ नियमित छ ।

पत्रकार- नाफामा रहेको प्राधिकरण अहिले घाटामा गयो भनेर तपाईंहरूले देखाउनु भएको छ नि ?

ऊर्जामन्त्री- तपाईं अडिटर होर तपाईं अडिटर होइन होला नि, अडिटरले निकाल्ने विषय होला नि ?

पत्रकार- तपाईंको निर्देशकले ५ अर्ब घाटामा गएको हिसाब निकाल्नु भएको छ त ।

ऊर्जामन्त्री- कसरी भयो त, त्यहाँ गएर हेर्नुस् न तपाईंहरूले…

पत्रकार- कुलमान घिसिङ हुँदा नाफामा रहेको विद्युत् प्राधिकरण तपाईंले ल्याएको निर्देशकले…

ऊर्जामन्त्री-भयो भयो जाऊँ….. (त्यसपछि कारमा चढेका मन्त्री ढोका लगाएर बाटो लाग्छन्)

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ६ : ५७ बजे

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन

ज्येष्ठ नागरिकलाई झुल वितरण

टीकापुर– टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई

सरकारले सुकुम्वासीलाई १५ हजार रुपैयाँ घरभाडा दिएपनि कोठा चाहिँ कसले दिने ?

काठमाडौँ- सरकारले गत वैशाख ११ गते काठमाडौंको थापाथली र गैरीगाउँलगायत

मिथिलामा आज ‘वटसावित्री’ पर्व मनाइँदै

महोत्तरी– मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानीले वटसावित्री