सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित) « Khabarhub

सुनीता डंगोल भन्छिन्- सोसल मिडियामा झगडा छ, महानगरमा छैन (भिडियोसहित)


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खोटाङको सदरमुकाम रहेको नगरपालिकाको हो – दिक्तेल रुपाकोट मझुवागढी । उक्त नगरपालिकाका मेयर तीर्थराज भट्टराई विहीबार काठमाडौंको सोल्टीमोडस्थित हायात सेन्ट्रिङ होटलमा आइएसएसआरले आयोजना गरेको जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी भए । मेयर भट्टराईले काठमाडौंकी उपमेयर सुनीता डंगोललाई खरो प्रश्न तेर्स्याए ।

जलवायुसम्बन्धी कार्यक्रममा राजनीतिक प्रश्न उठेको भन्दै डंगोलले त्यसको प्रतिवाद गरिन् । काठमाडौं महानगरपालिकाका मेयर (बालेन्द्र) सँग आफ्नो झगडा नरहेको, सोसल मिडियामा मात्र झगडा रहेको उनले दाबी गरिन् ।

साथै, आफूले बोलेको भिडियो एडिट गरेर सोसल मिडियामा जथाभावी क्लिपहरु आउने गरेको उनले गुनासो गरिन् ।

दिक्तेलका मेयर भट्टराईले काठमाडौंकी उपमेयर डंगोललाई सोधेको प्रश्न थियो, ‘काठमाडौं महानगरपालिका सबै स्थानीय तहको प्रमुख हो । उहाँहरु आपसमा झगडा गरिरहनुभएको छ । करोडौं, अर्बौं रुपैयाँ बैंकमा राख्नुभएको छ । उहाँहरुले गाउँ–गाउँमा जलवायु परिवर्तनमा वृक्षरोपण कति गर्नुभयो त ?’

जवाफमा सुनीता डंगोल यसरी प्रस्तुत भइन्–

महानगरले खर्च गरेको छैन, झगडा गरेर बसेको छ भन्नुभएको छ । यो कुरामा चाहिँ के पोलिटिकल गफ गर्ने यहाँ भन्ने लागेको थियो, प्रश्न सोधिसक्नुभो, उत्तर दिनैप¥यो । महानगरमा झगडा छैन, यदि झगडा कतै छ भने सोसल मिडियामा छ ।

अब जबर्जस्ती भिडियो एडिटिङ गरेर झगडा पार्दिन्छ । कहाँको कहाँको क्लिप्स लगाएर मिलाइदिन्छ भने त्यसमा मलाई भन्नु केही छैन । कता, कताको फोटो एडिट गरेर झगडा भएको जस्तो बनाइदिन्छ भने त्यसमा पनि भन्नु केही छैन । तर, संस्थामा म आफ्ना जनताप्रति धेरै नै प्रतिवद्ध छु । म आफ्नो संस्थाप्रति धेरै नै प्रतिवद्ध छु । मैले झगडा गरेको कारणले महानगरपालिकालाई अहित हुन्छ भने म झगडा गर्दिनँ ।

तर, त्यो भन्दाभन्दै डेमोक्रेसीमा वाद विवाद अनि सम्वाद हुन जरुरी छ । चित्त बुझ्छ, चित्त बुझ्दैन, सल्लाह गर्ने हो । सम्वाद गर्ने हो । निचोडमा ल्याउने हो । र, त्यसमा म हरदम प्रयास गर्छु ।

खर्चको कुरा पनि गरिहाल्नुभयो, महानगरपालिकामा १०४ दिनसम्म जसले खर्च गर्ने हस्ताक्षर चल्ने व्यक्ति प्रमुख प्रशासकीय अधिकृत नहुँदाखेरि चाहिँ ठप्प भएको हो । तर, अहिले प्रमुख प्रशासकीय अधिकृतले काम थालनी गर्नुभयो ।

त्यो दिन (प्रशासकीय प्रमुखले हाजिर गरेको दिन) समस्या भएको होइन, १०४ दिन ठप्प हुँदा समस्या भएको हो । त्यो त समस्याको समाधान भएको दिन हो । अब त्यसलाई पनि मिडियाले कुन न्यारेसनमा लग्छ भन्ने त्यो फेरि मेरो काम भएन, हाम्रो मिडियाको काम भयो । म मेरो काममा बफादार छु । म एकदम इमान्दार भएर लागेको छु ।

यहाँ प्रमुख हुनुहुन्छ, यहाँले मजाले बुझ्नुभएको छ, उपप्रमुखलाई खर्च गर्ने जिम्मेवारी छ कि छैन । खर्च गर्ने प्रश्न उपप्रमुखलाई सोध्न हुन्छ कि हुँदैन यहाँलाई थाहा छ । एक रुपैयाँ हस्ताक्षर नचल्ने मान्छेलाई खर्च किन भएन भनेर के सोध्नु है ?

भिडियो-

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १८ बजे

आज देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

एमालेको ११औँ महाधिवेशन आजदेखि, २२ सय बढी प्रतिनिधि सहभागी हुँदै

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनआजदेखि सुरु हुँदैछ । महाधिवेशनको

सुदूरपश्चिम रोयल्स कि लुम्बिनी लायन्स ? कसले जित्ला एनपीएल ?

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलकोे फाइनल खेल आज कीर्तिपुरस्थित त्रिवि

२०८२ साल मंसिर २७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २७ गते शनिबार तदनुसार