कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू | Khabarhub Khabarhub

कोशीको लगानी सम्मेलन- एक खर्ब ५२ अर्ब १६ करोडका परियोजनामा एमओयू


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलन १ खर्ब ५२ अर्ब १६ करोडको परियोजनामा एमओयू भएको छ।

शुक्रबार कोशी प्रदेशका मुख्यदमन्त्री हिक्मत कुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डाक्टर सरोज कोइराला र लगानीकर्ताबीच सम्झौता भएको छ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि का आठ परियोजनामा ३ अर्ब, ऊर्जामा तीन परियोजनामा आठ अर्ब ६२ करोड, उद्योगका १२ परियोजनामा ६६ अर्ब ८७ करोड, पूर्वाधारका नौ परियोजनामा ३८ अर्ब ४१ करोड, सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, पर्यटनको १० परियोजनाका ३४ अर्ब १९ करोड र फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना एमओयु सम्पन्न भएको छ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना एमओयु भएका हुन् ।

प्रदेश सरकारले लगानी सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरेको थियो। सोकेसिङ परियोजनाको अनुमानित लागत एक खरब ७३ अर्ब ४९ करोडको थियो।

आजको कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लगानी सम्मेलन ऐतिहासिक र भव्य रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रममा आन्तरिक मामला तथा कानुनमन्त्री रेवती रमण भण्डारी ले प्रदेश सरकारले गरेका कानुनी र नीतिगत कुराका बारेमा प्रकाश पारेका थिए ।

उनले प्रदेशमा लगानी मैत्री वातावरण सिर्जना गर्ने गरी सरकार अगाडि बढेको जानकारी दिए ।

पूर्वमुख्यमन्त्री केदार कार्कीले लगानी मैत्री वातावरण बनाउन कानुन संशोधन गर्ने कुरा गाह्रो नभएको बताउँदै सरकार र मुख्यमन्त्रीले चाहेमा तत्काल संशोधन हुने बताए । यसले लगानीको वातावरण तयार हुने कार्कीले बताए।

कोशी प्रदेश सभाका सभामुख अमरबहादुर विष्टले सम्मेलन सफल भएको बताए । कार्यक्रममा चिनियाँ लगानीकर्ता लियाङ झुङ,‌ गैरआवसीय नेपाली लगानीकर्ता रेजिना राई प्रधान, लगानीकर्ता गालभ ढुंगाना लगायतले कोशी प्रदेशमा लगानीको सम्भावना राम्रो रहेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ७ : १४ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक

खोलामा डुबेर बालिकाको मृत्यु

मध्यविन्दु – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–५ देउरालीस्थित खोलामा

पतञ्जलि प्रकरणबारे माधव नेपालले भने : अदालतबाट न्याय पाउने विश्वास छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

यस्तो देखियो ‘बलिदान’मा सौगात मल्लको लुक्स

काठमाडौं – निर्देशक तथा निर्माता सन्तोष सेनको महत्वकांक्षी फिल्म ‘बलिदान’का

जुम्लाका किसानलाई जैविक मल वितरण

जुम्ला – कृषि विकास कार्यालयले यहाँका किसानलाई अनुदानमा जैविक मल