निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’ « Khabarhub

निर्देशक चाम्सको दाबी : ५१ दिन मनाउने पहिलो बायोपिक बन्यो ‘अञ्जिला’


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिनको सफलता हात पारेको छ ।

यस फिल्मका निर्देशक मिलन चाम्सका अनुसार देशभर ४५ शो पाउँदै फिल्मले ५१ दिन मनाएको हो । यो फिल्मले अहिलेसम्म १० करोडभन्दा बढी व्यापार गरेको चाम्सको दाबी छ ।

शुक्रबार निर्माण पक्षले एक कार्यक्रमको आयोजना गरी ५१ दिनको खुसी पनि मनाउन भ्याएको छ ।

कार्यक्रममा निर्देशक चाम्सले ५१ दिन मनाउन पहिलो बायोपिक ‘अञ्जिला’ रहेको दाबी गरे । यस फिल्ममा अञ्जिलासहित प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।

वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ले गत वर्षका उत्कृष्ट पाँच चलचित्रमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  ९ : ५० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्