पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’, भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज « Khabarhub

पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’, भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले शनिबार बिहानै भारतका जम्मू–कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा हमला गरेको छ । त्यसैगरी राजौरी, पुंछ र जम्मूमा गोलाबारी गरेको छ ।

राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमामा जोडिएको श्रीगंगानगर र हनुमानगढ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

चन्डिगढ र अंबालामा हवाई हमलाको चेतावनी दिइएको छ । भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयले बिहान १०ः३० बजे पत्रकार सम्मेलन गर्नेछ ।

शुक्रबार बेलुकी ७ः४७ देखि राति १०ः५७ सम्म पाकिस्तानले जम्मू–कश्मीर, पंजाब, राजस्थान र गुजरातका २६ सहरमा ५५० भन्दा बढी ड्रोन आक्रमण गरेको छ ।

भारतीय सेनाले ती सबै ड्रोनलार्य निस्तेज पारेको छ । पाकिस्तानले आदमपुर, उधमपुर, पठानकोट, सूरतगढ र सिरसा एयरफिल्डमा आक्रमण गरेको जनाएको छ ।

राजौरीमा सैन्य तालिम केन्द्र, पंजाबको ब्यास ब्रह्रोस स्टोरेज फेसिलिटीमा पनि निशाना बनाइएको छ । यसको भारतले भने पुष्टि गरेको छैन ।

पाकिस्तानले ‘अपरेशन बुन्यान–अन–मर्सूस’ थालेको जनाएको छ । भारतले अपरेशन सिन्दूर चलाएर पाकिस्तानमा रहेका आतंकवादीका नौ ओटा स्थल ध्वस्त पारेको थियो । जहाँ सय भन्दा बढी आतंकवादीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ४९ बजे

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा