पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’, भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज « Khabarhub

पाकिस्तानले थाल्यो ‘अपरेशन बुन्यान–अन–मर्सूस’, भारतले पाँच सय ५० ड्रोन गर्‍यो निस्तेज


१९ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानले शनिबार बिहानै भारतका जम्मू–कश्मीर, पञ्जाब, राजस्थान, हरियाणा र गुजरातमा हमला गरेको छ । त्यसैगरी राजौरी, पुंछ र जम्मूमा गोलाबारी गरेको छ ।

राजौरीमा प्रशासनिक अधिकारीसहित पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको सीमामा जोडिएको श्रीगंगानगर र हनुमानगढ जिल्लामा रेड अलर्ट जारी गरिएको छ ।

चन्डिगढ र अंबालामा हवाई हमलाको चेतावनी दिइएको छ । भारतीय विदेश मन्त्रालय र रक्षा मन्त्रालयले बिहान १०ः३० बजे पत्रकार सम्मेलन गर्नेछ ।

शुक्रबार बेलुकी ७ः४७ देखि राति १०ः५७ सम्म पाकिस्तानले जम्मू–कश्मीर, पंजाब, राजस्थान र गुजरातका २६ सहरमा ५५० भन्दा बढी ड्रोन आक्रमण गरेको छ ।

भारतीय सेनाले ती सबै ड्रोनलार्य निस्तेज पारेको छ । पाकिस्तानले आदमपुर, उधमपुर, पठानकोट, सूरतगढ र सिरसा एयरफिल्डमा आक्रमण गरेको जनाएको छ ।

राजौरीमा सैन्य तालिम केन्द्र, पंजाबको ब्यास ब्रह्रोस स्टोरेज फेसिलिटीमा पनि निशाना बनाइएको छ । यसको भारतले भने पुष्टि गरेको छैन ।

पाकिस्तानले ‘अपरेशन बुन्यान–अन–मर्सूस’ थालेको जनाएको छ । भारतले अपरेशन सिन्दूर चलाएर पाकिस्तानमा रहेका आतंकवादीका नौ ओटा स्थल ध्वस्त पारेको थियो । जहाँ सय भन्दा बढी आतंकवादीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार  १ : ४९ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल