राइड शेयरिङ : अमेरिकादेखि चीनसम्म, पौने २ खर्ब डलरको कारोबार « Khabarhub

राइड शेयरिङ : अमेरिकादेखि चीनसम्म, पौने २ खर्ब डलरको कारोबार


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय नेपालमा जस्तै विश्वभर नै राइड शेयरिङ क्षेत्रको बजार व्यापक विस्तार भइरहेको देखिन्छ ।

सन् २०२५ मा विश्वभर राइड शेयरिङ सेवाको कुल आम्दानी १ खर्ब ७५ अर्ब ७३ करोड अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा ४.९ प्रतिशतले धेरै हो ।

यसै अनुसार हरेक वर्ष राइड शेयरिङ क्षेत्रको बजार बढ्दै जाने हो भने सन् २०२९ सम्म यो २ खर्ब १२ अर्ब ७५ करोड डलर पुग्ने प्रक्षेपण गरिएको छ ।

सन् २०२५ मा चिनियाँ राइड शेयरिङ क्षेत्रले सबैभन्दा धेरै आम्दानी गर्दै आएका छन् । यस वर्ष चीनमा यस्तो सेवामार्फत ६४ अर्ब डलर आम्दानी हुने गरेको छ ।

अमेरिकामा चाहिँ राइड शेयरिङ सेवा प्रदायक कम्पनीले स्थानीय सरकारको नियमन खेप्दै आएका छन् । भविष्यमा अमेरिकी बजारमा राइड शेयरिङ कम्पनी गाभिने र थोरै मात्रै कम्पनीहरु अस्तित्वमा रहने अनुमान गरिएको छ ।

हाल विश्वको २४.१ प्रतिशत जनसङ्ख्या अर्थात झण्डै २ अर्ब मानिसहरु राइड शेयरिङ सेवा प्रयोग गर्छन् ।

सन् २०२९ मा यो बढेर २८.५ प्रतिशत अर्थात् २ अर्ब ३१ करोड पुग्ने अनुमान गरिएको छ ।

हाल विश्वमा एक जना प्रयोगकर्ताले राइड शेयरिङ गर्दा औसतमा ९३ डलर अर्थात् १२ हजार ७ सय रुपैयाँ तिर्छन् ।

सबै तथ्यांक – स्टाटिस्टाबाट

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ७ : ०७ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली