चाउमिन धेरै खाँदा के हुन्छ ? | Khabarhub Khabarhub

चाउमिन धेरै खाँदा के हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चाउमिन नेपाली समाजमा सबैभन्दा धेरै रुचाइने खानेकुरा हो । बजारमा जताततै पाइने भएकाले बालबालिका, किशोरकिशोरी र युवापुस्तामा यसको क्रेज धेरै पाइन्छ ।

चाँडै तयार हुने, सस्तो र स्वादिलो पनि भएकाले सडकमा राखिएको ठेलादेखि ठूला रेस्टुरेन्टसम्म चाउमिन पाइन्छ । तर, स्वादको लोभमा धेरै चाउमिन खाँदा स्वास्थ्यमा गम्भीर असर पर्ने जोखिम पनि धेरै हुन्छ ।

जानकारहरुका अनुसार धेरै चाउमिन खाँदा पाचनसम्बन्धी धेरै किसिमका समस्या देखा पर्छन । त्यसबाहेक धेरै चाउमिन खाँदा दीर्घकालीन रोगहरू पनि लाग्न सक्छ । आज हामी चाउमिनमा हुने कस्ता तत्वले कस्तो रोग निम्त्याउँछन् भन्नेबारे जानकारी दिनेछौँ ।

१. अजिनोमोटो अर्थात् मोनोसोडियम ग्लुटामेट
मोनोसोडियम ग्लुटामेट एक रसायन हो जुन ‘अजिनोमोटो’ भनेर पनि चिनिन्छ । यो चाउमिनको स्वाद बढाउन प्रयोग गरिन्छ । तर, यसको अत्यधिक सेवनले पाचन प्रणालीमा गडबडी हुने, टाउको दुख्ने, घरिघरी भोक लाग्ने, र मस्तिष्कमा असर पुर्‍याउने खतरा हुन्छ । मोनोसोडियम ग्लुटामेटको अत्यधिक प्रयोगले ‘चाइनिज रेस्टुरेन्ट सिन्ड्रोम’ भनिने समस्या समेत निम्त्याउन सक्छ ।

२. अत्यधिक तेल
चाउमिन पकाउँदा प्रायः अत्यधिक तेल प्रयोग गरिन्छ, जुन बारम्बार तताइएको हुन्छ । यसले ट्रान्सफ्याट उत्पादन गर्छ, जुन शरीरमा जम्मा भएर कोलेस्ट्रोल बढाउने, रक्तनली थुनिने, र मुटु रोगको जोखिम बढाउँछ ।

३. सोडियमको मात्रा
चाउमिनमा नुन र सोया सस अत्यधिक प्रयोग गरिन्छ । यसमा सोडियमको मात्रा धेरै हुन्छ । यसले दीर्घकालीन रूपमा उच्च रक्तचाप , किड्नीको समस्या, र पानी अड्किने अवस्था निम्त्याउन सक्छ ।

४. प्रशोधित नुडल्स
प्रायः चाउमिन बनाउन प्रयोग गरिने नुडल्स प्रशोधित हुन्छन् । यिनमा प्रिजर्भेटिभ, कृत्रिम रङ, र रासायनिक तत्वहरू प्रयोग गरिएको हुन्छ । लामो समयसम्म यस्तो नुडल्स सेवन गर्दा क्यान्सरको खतरा समेत हुन जोखिम हुन्छ ।

५. मैदा
चाउमिनमा प्रयोग हुने मैदामा पोषक तत्व अत्यन्त न्यून हुन्छ । यसमा फाइबरको मात्रा पनि अत्यन्त कम हुने भएकाले नियमित सेवनले कब्जियत, ग्यास्ट्रिक, र पाचन समस्याहरू निम्त्याउन सक्छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : २३ बजे

कास्कीमा चाडपर्वलक्षित सुरक्षा योजना लागू

गण्डकी– दशैं, तिहारलगायत चाडपर्वलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय, कास्कीले

ओलीको पासपोर्ट रद्द गर्ने निर्णयले आयोगकै विश्वसनीयतामा प्रश्न उठ्यो : एमाले

काठमाडौं- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको

अध्यक्ष ओलीको राहादानी रोक्काप्रति एमालेको गम्भीर आपत्ति, असोज अन्तिम साता केन्द्रीय कमिटीको बैठक

भक्तपुर– नेकपा एमालेले विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका लागि

एमालेले डाक्यो सचिवालय र केन्द्रीय कमिटी बैठक

काठमाडौं– नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । जेन–जी

अध्यक्ष ओलीको पासपोर्ट रोक्का गरेर सरकारले प्रतिशोध साँधेको एमालेको आरोप

काठमाडौं– नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको