पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा, आरसीबीसँग उपाधि भिडन्त « Khabarhub

पञ्जाब किङ्स ११ वर्षपछि आईपीएलको फाइनलमा, आरसीबीसँग उपाधि भिडन्त


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

अहमदावाद-पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो पटक फाइनल यात्रा तय गरेको छ ।

पञ्जाबले क्वालिफायर-२ मा मुम्बई इन्डियन्सलाई ५ विकेटले हराउँदै आगामी ३ जुनमा हुने बेंगलुरुविरूद्को फाइनल भेट पक्का गरेको हो । यससँगै आईपीएलले नयाँ विजेता पाउने पनि पक्का भएको छ।

आइतबार अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पञ्जाबले २०४ रनको लक्ष्य १९ ओभरमै पछ्याएर पूरा गर्‍यो।

कप्तान श्रेयस अयरले छक्का हानेर टिमलाई जित दिलाए। उनले ४१ बलमा अविजित ८७ रनको विस्फोटक पारी खेले । उनको पारीमा ५ चौका र ८ छक्का समावेश थिए।

श्रेयसबाहेक नेहल वाधेराले ४८ र जोश इंग्लिसले ३८ रन बनाए। उता मुम्बईका अश्विनी कुमारले २ विकेट लिए।

टस हारेर ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४-४४ रनको पारी खेले। जोनी बेयरस्टोले ३८ रन बनाए। पञ्जाबका लागि अजमतुल्लाह उमरजईले २ विकेट लिए।

जुन ३ मा नयाँ च्याम्पियन

पञ्जाब किङ्स सन् २०१४ पछि पहिलो पटक आईपीएलको फाइनलमा प्रवेश गरेको हो । अब उसले ३ जुनमा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममै रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) सँग फाइनल खेल्नेछ।

आरसीबीले क्वालिफायर–१ मा पञ्जाबलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो। पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको यात्रा क्वालिफायर–२ मा आएर समाप्त भयो।

मुम्बईले एलिमिनेटरमा गुजरातलाई हराएको थियो, तर हार्दिक पाण्ड्याको कप्तानीमा रहेको टिम क्वालिफायर–२ पार गर्न असफल रह्यो।

पञ्जाब र आरसीबीले अहिलेसम्म आईपीएलको उपाधि जितेका छैनन्, त्यसैले यो पटक प्रतियोगिताले नयाँ च्याम्पियन पाउने निश्चित भएको छ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : १८ बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको