काडमाडौं – एक सिजन अघि कलकता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि दिलाएका कप्तान श्रेयस अय्यरले यस पटक नयाँ टोली पञ्जाबलाई फाइनलमा प्रवेश गराएका छन्। पञ्जाब अब आईपीएलमा उपाधिबाट एक खेल टाढा छ। पञ्जाबले क्वालिफायर–२ मा मुम्बईलाई ५ विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो।
कप्तान अय्यरले ४१ बलमा ८७ रन प्रहार गरे। उनको पारीमा ५ चौका र ८ छक्का समावेश थियो। २०४ रनको लक्ष्य पाएको पञ्जाबले एक ओभर बाँकी रहँदा नै २०७ रन बनाएको हो। आईपीएलको इतिहासमा मुम्बईले २०० भन्दा बढी योगफलको रक्षा गर्न नसकेको यो पहिलो पटक हो।

पञ्जाबको यो यात्रामा कप्तान अय्यरको प्रेरणा महत्त्वपूर्ण रह्यो। टोलीका शशाङ्क सिंह गुजरात टाइटानसँगको खेल सम्झन चाहन्छन्। अन्तिम ओभरमा अय्यर ९७ रनमा नन स्ट्राइकिङ क्रिजमा थिए। अर्कोतर्फ सिंह थिए।
मोहम्मद सिराजको पहिलो बलमा शशाङ्कले चौका प्रहार गरे। दोस्रो बलमा उनले एक रन लिन खोजेका थिए। सोही बलमा अय्यरले नै शशाङ्कलाई जोखिमपूर्ण दुई रन लिन लगाएर स्ट्राइक पनि उनलाई दिए। सो ओभरमा अय्यरले स्ट्राइक पाएनन् भने शशाङ्कले २३ रन जोडे। पञ्जाबले ११ रनले खेल जितेको थियो। टिमका लागि आफ्नो व्यक्तिगत स्वार्थको पनि ख्याल नराख्ने कप्तानकै कारण टिमको उत्साहमा वृद्धि भएको शशाङ्क बताउँछन्।

पन्जाबका प्रशिक्षक रिक्की पोन्टिङले ऐयारसँग दिल्लीमा सहकार्य गरेका थिए। पोन्टिङकै विचारमा पनि अहमदाबादमा २४३ रन प्रहार गरिएको सोही खेलले टोलीमा हरेक खेलाडीमा उत्साह थपिएको थियो।
चार अन क्याप
पञ्जाबले सात पारीमा दुई सय रनको आँकडा पार गरेको छ। यस खेलको अक्सनमा अस्ट्रेलियाका जोस इङ्ग्लिस प्रम्भिरमन सिंहको प्रारम्भिक साझेदारी हुने अनुमान गरिएको थियो। नेटमा अभ्यास गरेको देखेर कप्तान अय्यरले प्रियांश आर्यलाई मौका दिएका थिए। राजस्थानसँगको पहिलो खेलमा जोफ्रा आर्चरबाट पहिलो बलमा आउट भएका आर्यले चेन्नईसँगको दोस्रो खेलमा शतक प्रहार गरे। चेन्नईसँगको खेलमा उनले खालेल अहमदको पहिलो बलमा छक्का प्रहार गरेर पारीको सुरुवात गरेका थिए।

प्रम्भिरमन, आर्य, शशाङ्क, नेहाल बाधेराले शानदार प्रदर्शन गरे। आईपीएल इतिहासमा एउटै टोलीका चार अन क्याप खेलाडीले २५० रन प्रहार गरेको पनि यो पहिलो पटक हो।
शशाङ्क पनि यो सबै पोन्टिङ र अय्यरका कारण भएको बताउँछन्। खेलाडी जीवनमा पनि अस्ट्रेलियालाई लगातार तीन विश्वकप दिलाएका पोन्टिङ संसारकै उत्कृष्ट कप्तान थिए।
प्रतिक्रिया