यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा « Khabarhub

यातायात व्यवसायीको हड्तालमा बढी भाडा असुल्ने ‘इन ड्राइभ’ चालक कारबाहीमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

पोखरा – ‘इन ड्राइभ’ सवारी सेवा प्रयोग गरी यात्रुहरूसँग कानूनबिपरीत बढी भाडा असुल्ने चालकहरूलाई जिल्ला प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएर कारबाही गरेको छ।

प्रहरीका अनुसार २०८२ साल जेठ १८ गते राति करिब ८ बजे ‘इन ड्राइभ’ प्रयोगकर्ताबाट अत्यधिक भाडा लिएको गुनासो प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।

चेकजाँचका क्रममा विभिन्न स्थानहरूबाट ८ वटा सवारीसाधन सहित केही चालकहरूलाई नियन्त्रणमा लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार ती चालकहरूले यात्रुहरूसँग निर्धारण गरिएको भन्दा बढी भाडा असुलेको प्रमाण फेला परेकोले उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार आवश्यक कारबाही गरि छाडिएको हो।

प्रहरीले यस्ता कार्य दोहोरिन नदिन सवारी चालकहरूलाई सचेत रहन आग्रह गर्दै, सेवा प्रदायक कम्पनीहरूलाई पनि निगरानी तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्न अनुरोध गरेको छ।

गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी साधन चलाएका छैनन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ७ : ०५ बजे

वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर

अब पोखरा–दुबई नियमित हवाई उडान

काठमाडौँ । अब पाखरा दुबई नियमित हवाई उडान हुने भएको

गृहमन्त्रीमा पुनः सुधन गुरुङलाई ल्याउनु सुशासनको भद्दा मजाक- एमाले

काठमाडौँ । प्रतिपक्ष दल नेकपा एमालेले गृहमन्त्रीमा पुनः सुदन गुरुङलाई

भारतमा नेटवर्किङ कम्पनी खोलेर ठगीधन्दा

काठमाडौँ । नेटवर्किङ कम्पनीमार्फत ठगी गर्ने १२ जनालाई प्रहरीले पक्राउ

अदालतकै लेटरप्याड कीर्ते, एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतको लेटरप्याड र आधिकारिक दस्तखतसमेत कीर्ते