राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती « Khabarhub

राइड सेयरिङ विवादमा देशभर यातायात बन्द : सर्वसाधारणलाई सास्ती


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले सोमबार देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन्।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार समितिको आह्वान अनुसार सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्।

यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गरेका छन्। केही दिनयता गण्डकी प्रदेशमा मात्र सार्वजनिक यातायात ठप्प बनाएका व्यवसायीले आन्दोलनलाई देशव्यापी बनाएका हुन्। यसले सर्वसाधारणलाई सास्ती भएको छ।

पूर्व निर्धारित कतिपय परीक्षामा सहभागी हुन हिँडेका विद्यार्थी र अत्यावश्यक काममा हिँडेका सर्वसाधारण अलपत्र परेका छन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ८ : ०२ बजे

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा

कोशी, गण्डकी र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका