कोलोराडोमा प्रदर्शनमै भयो हमला « Khabarhub

कोलोराडोमा प्रदर्शनमै भयो हमला


१९ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

कोलोराडो – अमेरिकाको कोलाराडो सहरमा भएको प्रो इजरायली प्रदर्शनमा एक व्यक्तिले आगो लगाउँदा दर्जनौँ घाइते भएका छन्। त्यस घटनाको बारे छानबिन भइरहेको छ भने एफबिआईले लक्षित आपराधिक गतिविधिको संज्ञा दिएका छन्। स्थानीय अधिकारीले भने यस घटनामा प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

ती व्यक्तिले प्रज्वलन युक्त तरल पदार्थ भएको बोतल फ्याकेका थिए। त्यसपछि नै आगो लाग्न सुरु भएको हो। कत्ति वटा बोतल फ्याँकियो भन्ने यकिन भएको छैन।

अमेरिकामा रन फर देयर लाइभ्स नामको समूहले प्रदर्शन गरेको थियो। सो समूहले ७ अक्टोबर २०२३ मा हमासले बन्दी बनाएकाहरूको रिहाइका लागि अनुरोध गर्दै आएको छ। सो समूहमा संसार भरका करिब २५० जना रहेको अनुमान छ। अमेरिकाका साताको एक पटक उनीहरूको भेटघाट हुने गरेको छ।

घटनामा शङ्कास्पद व्यक्तिलाई आतङ्ककारी मुद्दा लगाउने या अन्य भन्ने तय भइसकेको छैन। उनको मानसिक स्वास्थ्यको यकिन पनि भइसकेको छैन।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ८ : २१ बजे

इलाममा बोलेरो दुर्घटना, चालकको मृत्यु

इलाम– इलाममा आज बिहान बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमा

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली