राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी « Khabarhub

राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन्। सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्।

अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्। यातायात बन्दले सर्वासाधारणलाई सास्ती भएको छ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै केही दिनदेखि प्रदेश केन्द्रित आन्दोलन चर्काएका व्यवसायीले सोमबारदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन्।

यातायात व्यवसायीको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्। सडकमा निजी सवारी साधनमात्र चलेका छन्। सधै व्यस्त हुने काठमाडौंका सडक खाली प्राय छन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १० : १३ बजे

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय