राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी « Khabarhub

राइड सेयरिङ विवाद: गृहमन्त्री लेखकसँग यातायात व्यवसायीको छलफल जारी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले यातायात व्यवसायीसँग छलफल सुरु गरेका छन्। सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प बनाएपछि गृहमन्त्रीले छलफलमा बोलाएका हुन्।

अहिले मन्त्रालयमा गृहमन्त्रीकै सहभागीतामा छलफल सुरु भएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ।

यातायात व्यवसायीले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका हुन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्किएका हुन्। यातायात बन्दले सर्वासाधारणलाई सास्ती भएको छ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिने गरी नियमावली ल्याएको भन्दै केही दिनदेखि प्रदेश केन्द्रित आन्दोलन चर्काएका व्यवसायीले सोमबारदेखि आन्दोलनलाई देशव्यापी बनाएका हुन्।

यातायात व्यवसायीको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन चल्न पाएका छैनन्। सडकमा निजी सवारी साधनमात्र चलेका छन्। सधै व्यस्त हुने काठमाडौंका सडक खाली प्राय छन्।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १० : १३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित