पोखरा पर्यटन परिषदद्वारा फेवातालको ६५ मिटर मापदण्डको विरोध, पर्यटन क्षेत्रमा संकटको चेतावनी « Khabarhub

पोखरा पर्यटन परिषदद्वारा फेवातालको ६५ मिटर मापदण्डको विरोध, पर्यटन क्षेत्रमा संकटको चेतावनी


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पर्यटकीय आधार क्षेत्र लेकसाइड यति बेला गम्भीर संकटको अवस्थामा पुगेको भन्दै पोखरा पर्यटन परिषद्ले सार्वजनिक रूपमा चिन्ता व्यक्त गरेको छ । 

परिषद्ले जारी गरेको विज्ञप्तिमा फेवाताल संरक्षणका नाममा लागू गरिएको ६५ मिटर मापदण्डले पर्यटन व्यवसाय, स्थानीय जनजीवन र सम्पत्ति अधिकारमा गहिरो असर पारिरहेको जनाइएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार सन् १९५० को माउण्टेन टुरिजमदेखि १९६० को हिप्पी टुरिजमसम्मको ऐतिहासिक पृष्ठभूमिमा विकास हुँदै आएको लेकसाइड क्षेत्र ड्यामसाइड, गौरीघाट, बाराहीचोक, हल्लनचोक, खहरे, गैरा चौतारा हुँदै खपौदीसम्मका क्षेत्रमा अरबौँ रूपैयाँको लगानी रहेको छ । होटल, रेष्टुराँ, गेष्टहाउस, ट्राभल एजेन्सी तथा ट्रेकिङ कार्यालयमा व्यापक लगानी रहेको परिषद्को भनाइ छ ।

पोखरा पर्यटन परिषदले तीन वटै तहका सरकारहरू -संघीय, प्रदेश र स्थानीयको समन्वयविना गरिएको तालघरको सिमाङ्कन कार्यप्रति आपत्ति जनाएको छ । उनीहरूको दाबी अनुसार यसअघि तत्कालीन जिल्ला विकास समितिको कार्यकालमा गाडिएका सिम स्तम्भहरूको व्यवस्थापन नगरी पुनः नयाँ स्तम्भ गाड्न खोज्नु विरोधाभासपूर्ण कार्य हो। यसबाट स्थानीय जनता राज्य प्रतिको विश्वास गुमाउँदै गएका छन् ।

परिषद्ले सर्वोच्च अदालतको आदेशको स्मरण गराउँदै २०७५ सालको आदेशअनुसार उचित मुआब्जा प्रदान नगरी सिमाङ्कन कार्य अघि बढाउनु न्यायोचित नहुने तर्क गरेको छ । अदालतले २०७५ साल वैशाख १६ गते दिएको आदेशअनुसार फेवातालको लागि आवश्यक क्षेत्र पहिचान गरी मुआब्जा दिएर मात्र कार्य अगाडि बढाउनुपर्ने थियो ।

विज्ञप्तिमा पर्यटन व्यवसायमा गरिएको लगानीमाथि प्रत्यक्ष खतरा उत्पन्न भएको बताइएको छ । बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण, लगानीकर्ताहरूको पुँजी, र हजारौँ जनाले रोजगारी पाएको पर्यटन उद्योग धराशायी हुने चेतावनी दिइएको छ । त्यसका साथै स्थानीय जलारी, जनजाति, दलित तथा अन्य रैथाने समुदायको सम्पत्तिमा पुरानो भोगाधिकार रहेको र तिनको संरक्षण हुनुपर्ने उल्लेख गरिएको छ ।

पोखरा पर्यटन परिषदले तीन वटै तहका सरकार, क्रियाशील राजनीतिक दलहरू र सम्बन्धित निकायहरूसँग मापदण्डको पुनरावलोकन गरी राज्यको व्ययभार र जनताको क्षति दुबैलाई न्यून बनाउने नीति निर्माण गर्न आग्रह गरेको छ । फुटट्रयाक निर्माणका क्रममा मुआब्जा नदिई गरिएको अतिक्रमणको पनि ध्यानाकर्षण गराउँदै परिषद्ले स्थानीय सरकारको भूमिकालाई प्रश्न गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा, परिषद्ले राज्यद्वारा गरिने विकासका कार्यहरूको विरोध नभएको स्पष्ट गर्दै, समयमै कानुनी प्रक्रिया पुरा गरी आवश्यक मुआब्जा दिएर मात्रै कार्य अघि बढाउनुपर्ने माग दोहोर्‍याएको छ । साथसाथै पर्यटन वर्ष २०२५ लाई सफल पार्न सबै पक्षसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : ४० बजे

मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको रामनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ– बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी

संसद्‍मा आज प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने : अर्थमन्त्री वाग्लेले जवाफ दिने

काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ

ज्याकराण्डाले सिंगारियो लेकसाइडको गौरीघाट (तस्बिरहरु)

पोखरा– पर्यटकीय शहर पोखराको गौरीघाट क्षेत्र यतिबेला बैजनी रङका ज्याकरण्डा

आईपीएल : सर्वाधिक विकेटकर्ताको लडाइँमा भुवनेश्वरकुमार र रबडा

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) मा भुवनेश्वर कुमार सिंह