धम्पुसमा पक्की सडक, पर्यटक बढ्ने अनुमान « Khabarhub

धम्पुसमा पक्की सडक, पर्यटक बढ्ने अनुमान


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस कालोपत्र सडक सञ्जालले जोडिने भएको छ। 

मध्यपहाडी राजमार्गको हेमजा घट्टेखोलादेखी धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सडक स्तरोन्नतिको कार्य सुरु भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसिआइपी) को ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गरी पक्की बनाउन सुरु गरिएको हो । 

आरसिआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्रमा सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता गरिएको जानकारी दिए । निर्माण कम्पनीले हाल खानी गाउँदेखि सडक स्तरोन्नति काम सुरु गरिएको उनले बताए।

माछापुच्छ्रे –७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बन्ने भएकाले धम्पुसका सबै १० वटा टोल लाभान्वित हुने बताए। उनले माछापुच्छ्रे –८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सीमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताए। 

वडाध्यक्ष भण्डारीले भने, ‘यस सडक बनाउनका लागि धेरै पहल भयो । यसै क्षेत्रका प्रदेशसभा सदस्य गण्डकीका तत्कालीन अर्थमन्त्री रामजी बरालको समयमा यसले मूर्तरुप लिएको हो । गाउँपालिका, धम्पुसवासीको निरन्तरको मेहिनत सफल भएको छ । सडक निर्माणसँगै धम्पुसको मुहार फेरिने छ ।’ 

निर्माण कम्पनीका नरेन्द्र बाँस्तोलाले एक महिनादेखि सडक निर्माण सुरु भएको बताए। ठेक्का सम्झौताभित्र नै बाटो निर्माण गरिने उनको भनाइ छ । खानीगाउँ र घट्टेखोला दुवै तर्फबाट बाटो निर्माण गर्ने भएकाले तोकिएको म्यादभित्रमा पूरा हुने उनको विश्वास छ । 

घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको विसं २०६१ मा ट्रयाक खुलेको हो । पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण कार्य सुरु भएसँगै स्थानीय समेत उत्साहित भएका छन् । धम्पुस पर्यटकीय गाउँका साथै विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्धार समेत हो । 

धम्पुसबाट दर्जनौँ हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको गुरुङ संस्कृति र प्राकृतिक सुन्दरतामा रमाउनका लागि पर्यटक धम्पुस पुग्ने गरेका छन् । पर्यटक आगमन वढेसँगै यहाँ सुविधासम्पन्न होटल तथा लजहरु  खुलिसकेका छन् । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : ५६ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर