शिलान्यासको छ वर्षपछि नमूना सदरमुकाम निर्माण थालियो | Khabarhub Khabarhub

शिलान्यासको छ वर्षपछि नमूना सदरमुकाम निर्माण थालियो


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

त्रिवेणी– शिलान्यासको छ वर्षपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणले गति लिएको छ । विसं २०७६ वैशाख ७ गते जिल्लामा रहने सबै सरकारी कार्यालय एकै ठाउँमा निर्माण गर्ने गरी सदरमुकामको शिलान्यास गरिएको थियो । 

जिल्लाको कावासोती नगरपालिका–३, मा रहेको एक सय ८७ बिघा जग्गामा सदरमुकाम निर्माण गर्ने महत्वकाक्षी आयोजना अघि सारिएको थियो । तर शिलान्यास भएको लामो समयसम्म काम अघि बढ्न सकेको थिएन । हाल आएर सदरमुकाम निर्माणले गति लिएको छ । 

नमूना सदरमुकाम निर्माणस्थलमा हाल दुई वटा ठेक्काबाट अलगअलग कार्यालयका भवन निर्माणको काम अघि बढेको छ । पहिलो चरणमा जिल्ला प्रशासन कार्यालयको भवन र अन्य दुई वटा कार्यालय रहने गरी एउटा एकीकृत भवन निर्माणको काम थालिएकोमा अहिले थप भवन निर्माणको काम सुरु गरिएको छ । चौधरी कन्ट्रक्सनले ३० करोड ६५ लाख छ हजार पाँच सय २७ को लागतमा जिल्ला प्रशासन कार्यालय र एउटा एकीकृत भवन निर्माणको काम गरिरहेको छ । 

विसं २०८३ पुस २१ सम्म निर्माण सम्पन्न गर्ने गरी कामअघि बढिरहँदा अहिले दोस्रो चरणमा भ्याटबाहेक रु तीन अर्ब ६१ करोडको लागतमा सदरमुकाम निर्माणस्थलमा थप काम अघि बढेको सघन सहरी तथा भवन निर्माण आयोजना, चितवनका प्रमुख झपटबहादुर थापाले बताए।

समानान्तर–बुद्ध हिमाली जेभीले अहिले अदालत भवन, सरकारी वकिलको कार्यालय, सभाहल, तीन वटा एकीकृत भवन, ब्यारेक, आवास गृह, सदरमुकामस्थल कम्पाउन्ड, निर्माणस्थलसँगै जोडिएको केरुङ्गे खोला तटबन्ध, सदरमुकामस्थलको मूल सडक कालोपत्र, खानेपानी र विद्युत् लाइन विस्तार लगायतको काम गर्ने गरी ठेक्का प्राप्त गरेको आयोजनाका प्रमुख थापाले बताए। 

सोहीअनुसार अहिले निर्माणका काम अघि बढेको उनले बताए। विसं २०८२ वैशाख २९ गते निर्माणको सम्झौता भएको र विसं २०८४ कात्तिक २८ गते निर्माण सम्पन्न गर्ने गरी काम अघि बढेको आयोजना प्रमुख थापाले बताए। आयोजनाको काम सुरु गर्न विविध कारणले ढिलो भएको र अब निर्धारित समयमा सम्पन्न गराउनका लागि आफूहरू लाग्ने उनले बताए। 

‘सदरमुकामस्थलमा निर्माणको काम अहिले धमाधम अघि बढेको छ, निर्धारित समयमा थालिएका काम सम्पन्न गराउने गरी हामी लागि परेका छौँ’, आयोजना प्रमुख थापाले भने। 

नवलपुरको नमूना सदरमुकाम निर्माणस्थलका लागि छुट्टाइएको एक सय ८७ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालयहरू निर्माण हुनेछ । अहिले सङ्घस्तरका कार्यालयहरू निर्माणको काम अघि बढेको छ । तर प्रदेश मातहतका कार्यालय निर्माणको काम थालिएको छैन । 

नमूना सदरमुकाम निर्माणको गुरु योजनाअनुसार यहाँ सङ्घ र प्रदेश मातहतका सबै कार्यालय , पार्किङ, बाटिका, २५ हजार दर्शक क्षमताको फुटबल स्टेडियम, १५ हजार दर्शक क्षमताको क्रिकेट स्टेडियम, कर्मचारीका लागि आवास गृह, अतिथि गृह, सभाहल, पुस्तकालय, खाजा घरलगायत संरचना निर्माण हुनेछन् । प्रारम्भिक गुरु योजनाअनुसार आयोजनाको कूल लागत रु १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रहेको छ । 

रासस

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १२ : ५९ बजे

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त