फिल्म ‘जनै हराएको बाहुन’ बन्यो ‘जनै हराएको मान्छे’ « Khabarhub

फिल्म ‘जनै हराएको बाहुन’ बन्यो ‘जनै हराएको मान्छे’


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विजय बराल केन्द्रीय भूमिकामा रहेको फिल्म ‘जनै हराएको बाहुन’ को प्रदर्शन मिति भदौ ६ लाई तोकिएको थियो ।

‘पूर्णबहादुरको सारङ्गी’पछि यही फिल्ममा विजय शीर्ष भूमिकामा देखिँदै छन् । यो फिल्मको अहिले पोस्ट प्रोडक्सनको काम जारी छ ।

यो फिल्मको नाम घोषणादेखिनै विवादमा परेको थियो । हिन्दू धर्मसँग सम्बन्धित केही व्यक्तिहरुले यो फिल्मको नाममा चासो देखाएका थिए ।

उनीहरुले आफ्नो आस्था र संस्कारलाई नकारात्मक व्यङग्य भएको भन्दै चासो देखाएका थिए । यस विषयमा फिल्म निर्माण पक्षले ध्यानकर्षण भएको बताएको छ ।

निर्माण पक्षले यस फिल्मको नाम परिवर्तन गरेको छ । सोमबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले नाम परिवर्तन गरेको हो । अब यस फिल्मको नयाँ नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरु’ राखिएको छ ।

फिल्मको प्रदर्शनमा बाधा आउने जोखिम रहेको भन्दै नाम परिवर्तन गरिएको निर्माण पक्षको दाबी छ ।

यस फिल्ममा विजयसहित नायिका केकी अधिकारी र मिरुना मगर शीर्ष भूमिकामा छन् । हिमाल न्यौपानेको निर्देशन रहने यो फिल्मको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।

पेपरक्लिपको ब्यानरमा बनेको यस फिल्मका निर्माताहरु कमल न्यौपाने र विमल न्यौपाने हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : २३ बजे

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन