७०० फरार प्रतिवादी पक्राउको सूचीमा « Khabarhub

७०० फरार प्रतिवादी पक्राउको सूचीमा


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– जिल्ला अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका सात सय जना फरार प्रतिवादी अझै पक्राउको सूचीमा रहेको प्रहरीले जनाएको छ । फरार हुँदै आएकाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँ मुद्दा शाखाका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए। 
 
उनका अनुसार चालु आर्थिक वर्षका साउनदेखि वैशाख महिनासम्मको दश महिनाको अवधिमा फरार आठ सय एक्काईस जनामध्ये १२१ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा महिला सोह्र र पुरूष एक सय पाँच रहेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट सत्र वर्ष तीन महिना १९ दिन कैद भुक्तान भएको छ । 

‘प्रहरीले फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालतमा पेस गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि आदेश भएको हो”, उनले भने, “अन्य फरार प्रतिवादीको खोजी कार्य तीव्र रूपमा भइरहेको छ ।’ 

पक्राउ गरिएका प्रतिवादीबाट रु ३४ लाख ८९ हजार छ सय अठ्ठाइस राजस्व संकलन भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी अवैध नदीजन्य उत्खन्नमा संलग्न ८० सवारीसाधान नियन्त्रणमा लिएर कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । ती सवारी साधानले स्थानीय तहमा रु दश लाख ७२ हजार जरिवाना बुझाएर छुटेका छन् । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ६६ दशमलव ७८ क्युफिट अवैध सालको काठ बरामद गरी कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाएको छ । 

जबर्जस्ती करणीका सोह्र, कर्तव्य ज्यानका नौ र मानव बेचबिखन तथा ओसारपसार उद्योगका एक गरी २६ वटा जघन्य प्रकृतिका मुद्दा दर्ता भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।

 जुवातासका बाह्र वटा मुद्दा दर्ता भएकोमा एक महिलासहित एक सय तीन जनालाई पक्राउ गरेको थियो । उक्त जुवाखालबाट रू दश लाख तीन हजार चार सय पाँच रकम बरामद भएको प्रहरी उपरीक्षक शाहीले बताए।  
 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : १९ बजे

बाढी प्रभावित क्षेत्रमा सात पुल निर्माण गर्ने बागमती सरकारको निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका

गण्डकी प्रदेशमा प्राकृतिक विपद् : यातायात सेवा प्रभावित

गण्डकी – बाढीपहिराका कारण मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं – नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई मजदुरको मृत्यु

कास्की – पोखरा महानगरपालिका–१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नेपालले निर्यातमा प्रतिस्पर्धी क्षमता बढाउनुपर्छ : मन्त्री साह

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले युरोपेली युनियन (इयू)-भारत