एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते | Khabarhub Khabarhub

एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एक जनाको मृत्यु, पाँच घाइते


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा बिहान एम्बुलेन्स र स्कुल भ्यान ठोक्किँदा एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी दुई विद्यार्थीसहित पाँचजना घाइते भएका प्रहरीले जनाएको छ । 

नारायणगढतर्फ बिरामी बोकेर जाँदै गरेको ना४च ४६१६ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा जाँदै गरेको बा२०च ७२ नम्बरको स्कुल भ्यान देवचुली–२ स्थित दुम्कोली चोकमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा परी दिव्य एकेडेमी बोर्डिङ स्कुल केउरेनीका भ्यान चालक देवचुली–१ का ५२ वर्षीय कुलप्रसाद सुवेदीको उपचारका क्रममा मृत्यु भएको हो । टाउको र दुवै खुट्टामा चोट लागेका सुवेदीको चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान ९ः२० बजे मृत्यु भएको नेपालले बताए। 

त्यस्तै दुवै सवारिसाधन ठक्कर खाँदा भएका घाइते र एम्बुलेन्सका बिरामीलाई चितवनको भरतपुरस्थित मनकामना अस्पताल पठाइएको नेपालको भनाइ छ । 

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  १ : २४ बजे

पूर्वपरराष्ट्रमन्त्री आरजु राणाका भाइको घरमा सीआईबीको छापा, कहाँ छन् भूषण ?

काठमाडौं- केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणाका

ओलीको ‘अहमता’ कायमै, नेताहरु भन्छन्- पुरानै ढर्रामा हुनुहुन्छ

काठमाडौं- आइतबार बेलुका करिब छ घण्टा बसेको नेकपा एमालेको सचिवालय

भोजपुरका किसानलाई मकै थन्क्याउने चटारो

भोजपुर- देशभर दसैँको माहोल सुरु भइसक्दा भोजपुरको लेकाली भेगका किसानलाई

चाडपर्वलाई लक्षित गरेर उपत्यकामा छ हजार बढी प्रहरी परिचालन गरिने

काठमाडौं– चाडपर्वलाई लक्षित गरेर यस वर्ष काठमाडौँ उपत्यकामा छ हजार

प्रहरीका चार डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाडौं– नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त