‘फूलपातीबाट एक इन्च नसर्ने’ फिल्म ‘माइतीघर’को सकियो छायाङ्कन « Khabarhub

‘फूलपातीबाट एक इन्च नसर्ने’ फिल्म ‘माइतीघर’को सकियो छायाङ्कन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी दशैंको प्राइम रिलिज डेट उपभोग गर्ने यो वर्ष नलाग्दै फिल्मका प्रदर्शन मिति तोक्न थालिएको थियो ।

आजको मितिसम्म आइपुग्दा पाँच फिल्मले फूलपातीलाई प्रदर्शन मिति तोकेका छन् । फिल्म ‘जारी २’ को छायाङ्कन भइरहेको छ । यसका निर्माता रामबाबु गुरुङ पनि दशैंमै फिल्म प्रदर्शन गर्ने सोचमा रहेको बुझिएको छ ।

दुईभन्दा बढी फिल्म प्रदर्शनमा आए शो बाँडफाटँमा समस्या हुन्छ । फिल्म बजार जानकारहरु पनि दुईभन्दा बढी फिल्म एक साथ हलमा लाग्दा शो व्यवस्थापनमा समस्या हुने बताउँछन् ।

तर, निर्माता रोहित अधिकारी एक मात्रै शो पाए पनि आफ्नो फिल्म ‘माइतीघर’ फूलपातीमै प्रदर्शनमा ल्याउने दाबी गरिरहेका छन् । ‘माइतीघर’ बारे उनी भन्छन्, ‘प्रदर्शन मिति फूलपातीबाट एक इन्च तलमाथि नहुने फिल्म हो ।’

यस फिल्ममा कलकारक केदार घिमिरे, नायक धिरज मगर, गायक प्रकाश सपुत, नायिकाहरू उपासना र श्यामश्री शीर्ष भूमिकामा रहेका छन् ।

यो फिल्मको छायाङ्कन पूरा भएको निर्माता रोहित अधिकारीले बताएका छन् । ३२ दिनमा यस फिल्मको छायाङ्कन पूरा भएको हो । दुई गीतको भिडियोको छायाङ्कन बाँकी राखेर फिल्मको इन्ड क्ल्याप गरिएको हो ।

निर्देशक मिलन तामाङ वैशाख तेस्रो साताबाट ४० दि‍नको तालिका लिएर छायाङ्कनमा निस्किएका थिए । अनुमान गरिएको भन्दा एक साताअघि नै छायाङ्कन सकिएको हो ।

निर्माता अधिकारीका अनुसार यस फिल्मको छायाङ्कन गुल्मीको ताकम गाउँ र धारापानीमा भएको बताइएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा चन्द्रबहादुर दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको छ ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५२ बजे

सीमामा पाँचौँ दिनको युद्ध : ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

एजेन्सी– पाकिस्तान र अफगानिस्तानसँगबीच जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश

डाँपराजुलमा गाडी दुर्घटना, ८ जना घाइते

दैलेख– सुर्खेतबाट दैलेखतर्फ जाँदै गरेको एसएमएल गाडी डाँपराजुलस्थित वैरी स्कुल

रूपन्देहीमा निर्वाचनको तयारी पूरा

सिद्धार्थनगर – जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको

सर्लाहीमा ड्युटीमा खटिएका मतदान अधिकृतको मृत्यु 

काठमाडौं– प्रतिनिधि सभा निर्वाचनको तयारी तीव्र भइरहेका बेला सर्लाहीमा खटिएका

लर्निङ रेल्म इन्टरनेसनलको वार्षिकोत्सवमा ‘बाल संसद’ नमुना सत्र सम्पन्न

काठमाडौं– लर्निङ रेल्म इन्टरनेसनल स्कुलले आफ्नो ३८औँ वार्षिकोत्सवको अवसरमा विद्यालय