‘फूलपातीबाट एक इन्च नसर्ने’ फिल्म ‘माइतीघर’को सकियो छायाङ्कन | Khabarhub Khabarhub

‘फूलपातीबाट एक इन्च नसर्ने’ फिल्म ‘माइतीघर’को सकियो छायाङ्कन


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी दशैंको प्राइम रिलिज डेट उपभोग गर्ने यो वर्ष नलाग्दै फिल्मका प्रदर्शन मिति तोक्न थालिएको थियो ।

आजको मितिसम्म आइपुग्दा पाँच फिल्मले फूलपातीलाई प्रदर्शन मिति तोकेका छन् । फिल्म ‘जारी २’ को छायाङ्कन भइरहेको छ । यसका निर्माता रामबाबु गुरुङ पनि दशैंमै फिल्म प्रदर्शन गर्ने सोचमा रहेको बुझिएको छ ।

दुईभन्दा बढी फिल्म प्रदर्शनमा आए शो बाँडफाटँमा समस्या हुन्छ । फिल्म बजार जानकारहरु पनि दुईभन्दा बढी फिल्म एक साथ हलमा लाग्दा शो व्यवस्थापनमा समस्या हुने बताउँछन् ।

तर, निर्माता रोहित अधिकारी एक मात्रै शो पाए पनि आफ्नो फिल्म ‘माइतीघर’ फूलपातीमै प्रदर्शनमा ल्याउने दाबी गरिरहेका छन् । ‘माइतीघर’ बारे उनी भन्छन्, ‘प्रदर्शन मिति फूलपातीबाट एक इन्च तलमाथि नहुने फिल्म हो ।’

यस फिल्ममा कलकारक केदार घिमिरे, नायक धिरज मगर, गायक प्रकाश सपुत, नायिकाहरू उपासना र श्यामश्री शीर्ष भूमिकामा रहेका छन् ।

यो फिल्मको छायाङ्कन पूरा भएको निर्माता रोहित अधिकारीले बताएका छन् । ३२ दिनमा यस फिल्मको छायाङ्कन पूरा भएको हो । दुई गीतको भिडियोको छायाङ्कन बाँकी राखेर फिल्मको इन्ड क्ल्याप गरिएको हो ।

निर्देशक मिलन तामाङ वैशाख तेस्रो साताबाट ४० दि‍नको तालिका लिएर छायाङ्कनमा निस्किएका थिए । अनुमान गरिएको भन्दा एक साताअघि नै छायाङ्कन सकिएको हो ।

निर्माता अधिकारीका अनुसार यस फिल्मको छायाङ्कन गुल्मीको ताकम गाउँ र धारापानीमा भएको बताइएको छ ।

मिलन तामाङको निर्देशनमा बनेको यस फिल्ममा चन्द्रबहादुर दोङको कथा र रामशरण पाठकको पटकथा तथा संवाद रहेको छ ।

रोहित अधिकारी फिल्मसको ब्यानरमा बन्ने यस फिल्मको निर्माताहरु रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ हुन् ।

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  ६ : ५२ बजे

‘कुलिङ अफ पिरियड’मा प्रचण्डलाई छानबिनको दायरामा ल्याउनु पर्छ : योगेश भट्टराई

काठमाडौं– नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ‘कुलिङ

रौतहटमा खानेपानी आयोजना : दश वर्षमा आधा काम, जुडिबेलावासी समस्यामा

राैतहट- निर्माण थालनी भएको १० वर्षसम्म पनि चन्द्रपुर नगरपालिका–२ स्थित

स्याउखेतीमा कर्म गुरुङको पाँच दशकको यात्रा

मुस्ताङ– मेहनत र परिश्रमसँगै योजनाबद्ध रूपमा कार्यसम्पादन गरेमा सफलता प्राप्त

खडेरीले सुख्खाग्रस्त मधेसका खेत (ड्रोन तस्बिर)

काठमाडौं– देशभर मनसुनी प्रणाली सक्रिय भएको डेढ महिना भएपनि मधेस

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं – केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड