प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ? « Khabarhub

प्रधानमन्त्रीले भने- गृहमन्त्रीलाई केहीले छोएकै छैन, विपक्षीले राजीनामा मागेर हुन्छ ?


१९ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भिजिट भिसामा सेटिङ गरेर दैनिक लाखौँ उठाइएको प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको फेरि बचाउ गरेका छन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले गृहमन्त्रीको राजीनामाको मागसहित आन्दोलित विपक्षीलाई कडा कटाक्ष पनि गरे ।

‘यस्तो नचाहिँदाो कुरामा संसद्लाई रोकेर, देशको विकासमा अवरोध गर्ने, जनताका प्रतिनिधिलाई निष्प्रभावी गर्ने र असफल बनाउने काममा विपक्षीहरू लाग्नु भएको छ । यो हुँदैन नहुने काम भएको छ’, उनले भने, ‘विपक्षीहरूले केही नपाएर गृहमन्त्रीको राजीनामा मागेका छन् । केही न केही तथ्य र प्रमाणले बोल्नु त पर्‍यो नि, गृहमन्त्रीलाई छुनु त पर्‍यो नि, उहाँलाई केहीले छोएको छैन ।’

ओलीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिँदैमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने बताए ।

‘गृहमन्त्रीलाई केहीले छुनुपर्‍यो, उहाँविरुद्ध तथ्य हुनुपर्‍यो । एउटा कर्मचारीलाई अख्तियारले सोधपुछ गर्‍यो, बयान लियो भनेर गृहमन्त्रीको राजीनामा मागेका छन्’, उनले भने, ‘अख्तियारले ती कर्मचारीलाई के सोध्यो थाहा छैन, बयान पनि राम्रोसँग लिएको छैन । तर विपक्षीहरू हामीलाई रिस उठेको छ, गृहमन्त्रीले राजीनाम दिनुपर्‍यो भनिरहेका छन ।’

उनले अब यसरी संसद् अवरोध नसहने बताए । ‘यसरी चल्दैन । जहिले पनि संसद् अवरोध, जहिले पनि संसद् अवरोध । दुईजना उठ्यो करायो, हल्ला गर्‍यो संसद् अवरोध अब हुँदैन । उहाँहरू कराउनुहोला तर अब सहन सकिँदैन’, ओलीले भने, ‘उहाँहरूको ज्यादती धेरै भयो, अब सहन सकिँदैन । उहाँहरूलाई सडक पनि चाहिएको छ, बाटो अवरोध पनि गर्नुपरेको छ, संसद्‍मा पनि बितण्डा मच्चाएको छ । अब यसरी सहन सकिँदैन, संसद् चल्छ ।’

प्रकाशित मिति : १९ जेठ २०८२, सोमबार  २ : ५२ बजे

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने